कनकाई अनलाईन ।
विश्वभरका चिमरिया बन्धुहरु एकजुट भएका छन ।
आज चिमरिया बन्धुको केन्द्रिय भेला झापाको सुरुङ्गामा सम्पन्न भएको छ भने विश्वभर छरिएर रहेका चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु प्रतिष्ठान नेपालको समेत गठन गरिएको छ । घनश्याम चिमरिया –झापा ) को अध्धयक्षतामा गठित समितिको उपाध्यक्षमा प्रेम चिमरिया – झापा ) , बिष्णुबहादुर चिमरिया – काभे) र राम चिमरिया – दोलखा ) चयन हुनुभएको छ । यसैगरि महासचिवमा पर्वत चिमरिया – तेह्रथुम , सचिवमा तुलसीप्रसाद चिमरिया –झापा ) र कोषाध्यक्षमा लीलाप्रसाद चिमरिया – झापा ) र सहकोषाध्यक्षमा बलबहादुर चिमरिया ताप्लेजुङ्ग रहनुभएको छ ।
यसैगरि सदस्यहरुमा शिवनाथ , टंकप्रसाद , गोपाल , धनमाया , मेदनी ब, कृष्णबहादुर खत्री चिमरिया , धनपति , बद्री , बद्री , नवराज , विष्णु , अशोक , विष्णुमाया , र यमुना चिमरिया रहनुभएको छ । यसैविच बन्धुले केन्द्रिय कार्यालय स्थापनाका लागि झापाको सुरुङ्गामा १५ कठ्ठा जमिन समेत खरिद गरिसकेको र आगामी केहिदिनदेखि संस्थाको भवनसमेत निर्माण थालिने प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो । समाजका अध्यक्ष घनश्याम चिमरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया रहनुभएको थियो भने चिमरिया भेलाको औचित्यमाथि नेत्रप्रसाद चिमरियाले पुष्टि गर्नुभएको थियो । भेलामा नेपाल , भारत , बर्मा र भुटानदेखिका चिमरिया बन्धुहरुको उपस्थिति रहेको थियो भेलाको संचालन महासचिव पर्वत चिमरियाले गर्नुभएको थियो ।