Kanakai Online

कनकाईमा छठ पुजाको तयारी


बुधवार, कार्तिक १४, २०७५ |

 
कनकाई अनलाईन
परपम्परागत रुपमा कनकाई माइको वारी पट्टी लाग्दै आएको छठ पुजा यस बर्ष भव्य रुपमा गरिने भएको छ ।
कनकाई छठ पुजा सेवा समितिले लगाउदै आएको सो पुजालाई यस बर्ष थप व्यावस्थित रुपमा लगाउने बारे आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
यस बर्ष राष्ट्रिय कलाकारद्धारा यस बर्षको छठ पुजामा सास्कृतिक कार्यक्रम राखिएको छ । जसमा शिवसंकर रिजाल जोगेन्द्र पानवाला , सुरेन्द्र केसि मुलाको साग , श्रीकृष्ण लुइटेल बोके दाह्री , गायक प्रेम आङदेम्बे , प्रज्ञा प्रधान र राजेश घतानीको सहभागिता रहने आयोजक समिमिका अध्यक्ष पवन कुमार शाहले बताउनुभयो ।
छठ पुजाका लागि आगामी कार्तिक ११ गतेदेखि २८ गतेसम्म प्रचार प्रसार गर्ने , कार्तिक २५ गते बजार सरसफाई गरिने , कार्तिक २६ गते खर्ना पुजा गरिने , कार्तिक २७ गतेका दिन विहान ११ ः ४५ बजे विभिन्न संघ संस्थाको आयोजनामा सुरुङ्गा चोकबाट कनकाई नदि पुजा स्थल सम्म र्याली लिएर जाने समेत पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव खगेन्द्र महत्तोले बताए । यसका लागि १२ लाख ५० हजार ५ सय रुपैँया लागत लाग्ने समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , लायन्स क्लवका संस्थापक लीला प्रसाद चिमरिया , कनकाई उवासंघ महासचिव सोमनाथ उप्रेती , अन्तराष्ट्रिय झापाली प्रवासी मंचका अध्यक्ष दिनेश पोखरेल , कनकाई नगरपालिका कार्यपालिका सदस्य नवलकिशोर दत्त , छठ पुजा समितिका संस्थापक अध्यक्ष उपेन्द्र प्रधान लगायातले आआफ्नो धारण राख्नुभयो । कार्यक्रमको स्वागत आयोजक समितिका सचिव दिपेन्द्र प्रधानले गर्नुभएको थियो ।