कनकाई अनलाईन ।
एक बर्ष पहिले कार्यालय प्रमुखका रुपमा कनकाई नगरपालिकामा आउनुभएका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र कार्कीको कनकाई नगरवाशीका तर्फबाट भव्य विदाई गरिएको छ ।
कार्की काठमाण्डौ मन्त्रालयबाट गतबर्ष कार्तिक ६ गतेदेखि कनकाई नगरपालिकामा आउनुभएको थियो । उहाँले कनकाई नगरपालिकामा १ बर्षसम्म सेवा गर्नुभएको थियो ।
उहाँ कनकाई नगरपालिकाबाट सरुवा भएर काठमाण्डौस्थित श्रम तथा बैदेशिक रोजगार मन्त्रालयमा सरुवा हुनुभएको हो । रोविदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत कार्कीले आफु कनकाई नगरपालिकामा निर्वाचन पछिको पहिलो नगरपालिका भएको र यस क्षेत्रको बृद्धि विकासका लागि आफ्नो क्षमताले भ्याएसम्म योगदान दिएको बताउनुभयो । उहाँले यस कनकाई नगरवाशी र जनप्रतिनिधि र कर्मचारीबाट समेत आफुले जिवनभर भुल्न नसक्ने साथ पाएको र कहिल्यै पनि असहज महसुस गर्नु नपरेको बताउनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई , नगरका प्रवक्ता गोविन्द पौडेल , नेकपाका नेता चन्द्रमान कन्दङ्बा , कर्मचारी रिता खतिवडा , कनकाई माविका प्रअ निर्मल खतिवडा , लगायातले विदाइ भएर जानुहुने कार्कीले कनकाई नगरपालिकाको विकासमा महत्वपुर्ण योगदान दिनुभएको बताउनुभयो । कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।