कनकाई अनलाईन
कनकाई माध्यामिक विद्याालय, सुरुंगा, झापामा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था कनकाई भूतपूर्व विद्यार्थी समाजले पूर्व विद्यार्थीहरुको वृहत भेला सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष वडादशै रामनवमीका दिन हुने यस वर्षको भेलालाई कनकाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जनार्दन उप्रेती, पूर्व विद्यार्थी तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेल, विद्यालयका प्रअ निर्मल खतिवडा,पूर्व विद्यार्थी तथा वरिष्ठ अधिवत्ता हरि उप्रेती, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकनारायण संग्रौला, शिक्षा क्षेत्रका अभियन्ता तथा पूर्व विद्यार्थी राजेन्द्र उप्रेती लगायतले भेलालाई शुभकामना मन्तव्य दिनु भएको थियो । भेलाको अध्यक्षता कार्यसमितिका अध्यक्ष अखिल कोइराला, स्वागत मन्तव्य कार्यसमितिका सदस्य महेन्द्र विश्वकर्मा र संचालन पूर्व विद्यार्थी तथा कनकाई मा।वि।का सहायक प्रअ कर्ण बहादुर डाँगीले संचालन गर्नु भएको थियो ।
पूर्व विद्यार्थी लोकनाथ संग्रौलाको अध्यक्षतामा गठित निर्वाचन समितिले भेलाबाट अखिल कोइरालाको अध्यक्षतामा विधान बमोजिमका रिक्त पदहरु कार्यसमितिले पछि पदपूर्ति हुने गरी हाललाई २० सदस्यीय कार्य समितिको गठन गरेको छ । नव गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार पोखरेल, उपाध्यक्षहरु दिनेशकुमार उप्रेती, खेमप्रसाद प्रसाई, टीपी शर्मा कडेल, महासचिव महेन्द्र विश्वकर्मा, सचिव मुक्तिनाथ दाहाल,कार्यालय सचिव दिलिप खतिवडा, कोषाध्यक्ष विकासप्रसाद उप्रेती, सह(कोषाध्यक्ष गोपाल कोइराला, सदस्यहरुमा भीष्म मैनाली, रेखा वली, शुशिल मैनाली, चन्द्र प्रसाई, विनोद सुवेदी, विजय श्रेष्ठ, डम्बर बहादुर थापा, रेन्जु मैनाली, चम्पा खनाल र सुजन केसी हुनुहुन्छ ।