Kanakai Online

झापाले उचाल्यो पालिका कप


सोमवार, असोज २९, २०७५ |

कनकाई अनलाईन
यस बर्षको तेस्रो झापा जिल्ला पालिका जिल्ला स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया नगद सहितको उपाधि झापा गाउँपालिकाले जितेको हो । झापा गाउँपालिकाले अर्को प्रतिस्पर्धी बाह्रदर्शी गाउँपालिकालाई ट्राईब्रेकरमा पराजित गर्दै उक्त रनिङ शिल्डको उपाधि जितेको हो । बाह्रदर्शीले नगद ५५ हजार ५ सय ५५ रुपैँयामा चित्त बुझायो ।
झापाको जितमा गोलकिपर योगेश प्रसाई फेरि पनि नायक बने उनले बाह्रदर्शीका ३ खेलाडीहरुले हानेको प्रहार लगातार रोकेपछि झापा गाउँपालिका ट्राईब्रेकरमा बिजयी बन्यो । बाह्रदर्शीका ४ खेलाडीले प्रहार गर्दा ३ जनाको प्रहार योगेशले लगातार रोक्दा अर्का भरपर्दा खेलाडी गणेश हेमरको प्रहार बाहिरिएको थियो ।
बाह्रदर्शीका लगातार चौथो प्रहार पनि गोलमा परिणत नभएपछि झापा विजयी बनेको हो । यता झापाका खेलाडीको २ प्रहारलाई बाह्रदर्शीका गोलरक्षकले रोकेपनि टिमको हारलाई भने टार्न सकेनन । झापाका २ खेलाडीहरु कैलास कटुवाल र सनम तामाङ्गको प्रहारले जाली चुम्दा झापा गाउँपालिका ट्राईब्रेकरमा २ – ० गोल अन्तरले बिजयी बनेको हो । खेलको म्यान अफ द म्याच झापाका गोलकिपर योगेश प्रसाई बने । प्रतियोगिताकै सर्बोकृष्ट खेलाडी भने बाह्रदर्शी गाउपालिकाका फुलकुमार राजवंशी बने उनी एक हात नभएका खेलाडी समेत हुन । बिजयी तथा उपविजयी हुने टिमलाई संघिय सांसद एलपि साँबा लिम्बु , प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , कनकाई नगरपालिकाका वार्डअध्यक्ष प्रेम राजवंशी लगायातले पुरस्कार शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैविच नेपाल आइडलको टप ९ मा पर्न सफल सुरुङ्गेली गायक सुमित पाठकलाई समेत सो अवशरमा भव्य स्वागत गरिएको थियो । गायक सुमतका वारेमा अर्का चर्चित कार्यक्रम प्रस्तोता राजेश घतानीले प्रष्टाउनुभएको थियो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको सो प्रतियोगितामा झापा जिल्लाका १० पालिकाहरुको सहभागिता रहेको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले बताए ।

सम्बन्धित खबर