कनकाई अनलाईन
कनकाई । श्री शुभेक्षा वचत तथा ऋण सहकारी सस्था लिमिटेडकोे आठौ वार्षिक साधारणसवा सम्पन्न भएकोछ । कनकाइ नगरपालिका वडा न.–३ सुरुङ्गामा अबस्थित सहकारीले साधारणसभाको अवसरमा असल वचत कर्ता तथा असल ऋणीका रुपमा ६ जनालाई गरेको हो ।
असल वचत कर्ताको रुपमा शिवसताक्षी नगरपालिका वडा नं.–१० निवासी संस्थाका सेयर सदस्यहरु पूर्णप्रसाद भट्टराई, शान्छीरानी चेम्जोङ्ग र विनिता शर्मा रहेका छन् । त्यसै गरी असल ऋणीको रुपमा कनकाई नगरपाकिला वडा नं.–३ निवासी धनमाया कोईराला, शिवसताक्षी नगरपालिका वडा नं.–१० निवासी ऋषीराज तिम्सिना र झापा गाउँपालिका वडा नं.–७ निवासी टंकबहादुर माझीलाई सम्मान गरिएको थियो ।
सशकारी संस्थाका अध्यक्ष बालकृष्ण चेमजोङ्गको अध्यक्षतामा सुरुङ्गा जेसिजको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका क्षेत्रिय संयोजक तथा साझा सहकारी संस्था दुर्गापुरका अध्यक्ष गोपाल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । वि.स. २०६७ सालको न्यून सेयर सदस्यहरुवाट सुरु गरिएको यस सहकारीमा हाल १२०३ जना सेयर सदस्यहरु रहेको र यसमा अझ बढी सेयर सदस्यहरु संख्या बढाउने लक्ष लिएको जनाइएको छ ।
सिद्धार्थ वैक लिमिटेड सुरुङ्गा प्रमुख अम्बर राना, कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्याम प्रसाद ओली, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण चुडाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका सेक्रेटरी साजन थापा, सनराई बैंक सुरुङ्गा शाखाका प्रतिनिधि, लगायतको आतिथ्यता रहेको थियो । संस्थाका ऋण समिति संयोजक भिमप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य तथा श्री सरश्वती मा.वि. का शिक्षक मित्रजङ्ग कार्कीले गरेका थिए ।


