कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ र २ मा रहेको जामुनखाडी कृषि सहकारी संस्थाको अध्यक्षमा दुर्गाप्रसाद खनाल सर्बसम्बत चयन हुनुभएको छ ।
संस्थाको आज सम्पन्न साधारणसभाबाट खनालको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको हो । समितिको उपाध्यक्षमा नरादेवि मगर सचिवमा अर्जुनकुमार रिजाल र कोषाध्यक्षमा वविता गिरी –सिमसार ) सर्बसम्वत चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा चन्द्रकला खनाल ,वविता गिरी , चेतनाथ रिजाल , दुर्गा बास्तोला , कृष्णभक्त खड्का , कृष्णबहादुर चौहान र भीमबहादुर मगर रहनुभएको छ । यसैगरि लेखा समिति संयोजकमा निर्मल उप्रेती र सदस्यहरुमा शिवकुमार गिरी र डिल्लीराम नेउपाने रहनुभएको छ ।
प्रदेशसभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्यतामा जामुनवारी सामुदायिक वन समुहको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर २ का वार्ड अध्यक्ष परशुराम गिरी , ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका अध्यक्ष ख्याम सिटौला , सुकेडागी सामुदायिक वन समुहका अध्यक्ष भक्तबहादुर पौडेल ,कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , सरस्वती माविका प्रअ तुलसी कार्की , कनकाई नगर वार्डनम्बर २ का सदस्य घनश्याम मैनाली लगायातले शुभकामना राख्नुभएको थियो । संस्थाका अध्यक्ष दिपक गिरीको सभापतित्व तथा शिवकुमार गिरीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाको बार्षिक ६० लाख कर्जा प्रवाह गरेको र ३० लाख शेयर पुजी र ३८ लाख रुपैँया बचत गरेको जानकारी गराइएको थियो । २ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीले कृषि पकेट क्षेत्रको घोषणा र गोठ सुधार , माटो परिक्षण लगायातका कृषकलाई लागि लाभदायक सेवाहरु गर्दै आइरहेको छ ।