कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी तेस्रो झापा जिल्लास्तरीय अन्तर पालिका फुटबल प्रतियोगितामा झापा गाउँपालिकाका गोल किपर योगेश प्रसाईको उत्कृष्ट बचाउसगै जारी प्रतियोगितामा झापा गाउँपालिका उपाधि नजिक पुगेको छ ।
आज शनिवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापा गाउपालिकाले उपाधि दावेदार मानिएको दमक नगरपालिकाको चुनौती सड्न डेढमा पन्छाउदै आगामी सोमवार हुने फाईनल खेलका लागि बाह्रदर्शी गाउपालिकासगको भिडन्त पक्का गरेको हो । आज सम्पन्न खेलमा झापा गाउँपालिका र दमक नगरपालिका दुबै टिमको खेल अवधिभर गोलरहित बराबरीमा खेल सकिएपछि खेलको नतिजा सोझै ट्राईब्रेकरबाट गरिएको हो । ट्राईब्रेकरमा समेत दुबै टिमको समान ३÷३ गोल भएपछि खेलको नजिता सड्न डेढबाटबाट गरिएको हो ।
जसमा झापा गाउँपालिकाका गोल किपर योगेश प्रसाईले उत्कृष्ट बचाउ गरेपछि झापा गाउपालिकाको टिम बिजयी बनेको हो । खेल अवधिमा समेत निक्कै व्यस्त बनेका झापा गाउँपालिकाका गोलकिपरले दमक नगरपालिकाका झण्डै दर्जन प्रहारलाई गोल हुनबाट बचाए । उनी खेलको म्यान अफ द म्याच बनेर नगद ११ सय र २ गोल पेलान्टी सुटसमेत रोकेवापत निर्माण व्यावसायी सचिन लामाबाट नगद ६ सय समेत पुरस्कार पाउनुभयो । म्यान अफ द म्याचको पुरस्कार युवा व्यावसायी मोतीखर ओझाले प्रदान गर्नुभयो । यस पटकको उपाधि रक्षाको लागि सोमवार झापा गाउँपालिकाले अर्को प्रतिद्धन्द्धी बाह्रदशी गाउपालिकासग खेल्दै छ । बाह्रदर्शी गाउपालिकाले शुक्रवार आयोजक कनकाई नगरपालिकालाई १ – ० गोल अन्तरले हराउदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
यसपटकको प्रथम र दोस्रो दुबै उपाधि गाउँपालिकाको हातमा पर्ने निश्चित भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भइरहेको सो प्रतियोगितामा अघिल्ला संकरणहरुमा नगरपालिकाहरुले मात्रै सहभागिता रहदै आएकोमा यसबर्षदेखि भने झापाका सबै पालिकाहरुले सहभागिता जनाएका छन । प्रतियोगितामा आयोजक कनकाई सहित हल्दीवारी , झापा गाउँपालिका , विर्तामोड , अर्जुनधारा , गौरादह , कमल , दमक , शिवसताक्षी र बाह्रदशी गरि १० पालिकाहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया पाउने आयोजक समितिका सचिव दिनानाथ खतिवडाले बताउनुभयो ।
तस्बीर म्यान अफ द म्याचको पुरस्कार लिदै झापा गाउपालिकाका गोल किपर योगेश प्रसाई