Kanakai Online

लायन्स र लियोद्धारा झापाको एक विद्यालयको स्तर बृद्धि गरिदिने


मङ्गलवार, असोज २३, २०७५ |

कनकाई अनलाईन ।
झापा गाउँपालिका १ लसुनागन्जमा रहेको एक बिद्यालय लायन्स र लियो क्लव अफ कनकाई र झापा गाउँपालिकाको सहकार्यमा नमुना विद्यालय बन्ने भएको छ ।
गरिब र मुस्लिम तथा सन्थाल वालवालिकाहरु अध्यानर्रत्त सो विद्यालयमा विशेष कार्यक्रम गरि लायन्स क्लव र लियो क्लवले सो विद्यालयलाई राजधानीकै सुविधासम्पन्न विद्यालयकै दाजोमा ल्याइछाड्ने प्रतिवद्धता जनाइएको हो । पहिलो चरणमा सो विद्यालयमा अध्यानरत् सबै १ सय ९६ जना विद्यार्थीलाई स्टशनरी सामान र सबैजनालाई दात माझ्न सिकाउदै सबैलाई ब्रस र पेस्ट प्रदान गरिएको छ । लायन्स क्लवको न्यु भ्वाइस डे को दिन पारेर सो विद्यालयमा अध्यानर्त सबै विद्यार्थीका लागि खानेपानीका लागि व्यावस्था र फोहोर फ्याक्नका लागि समेत डस्बिनको व्यावस्था गरिएको हो ।
पहिलो चरणमा विद्यार्थीलाई सरसफाई , स्टेशनरीका सामान र केहि खानेकुरा दिएर खुसी बनाइएको र आगामि दिनमा झापा गाउँपालिकासगको सहकार्यमा विद्यालयका लागि कम्युटर , घेराबारा ,विद्यार्थीको स्वास्थ्य जाच , सौचालय निर्माण र थप कपडा र स्टेशनरी सामाग्रीहरुको समेत प्रवन्ध गरि सो विद्यालयको भौतिक र शैशिक्ष स्तरबृद्धि गरिने लायन्स क्लव अफ कनकाईका संस्थापक अध्यक्ष तथा युवा समाजसेवी लीलाप्रसाद चिमरियाले कनकाई अनलाईनलाई बताउनुभयो । कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले लायन्स र लियोसग गाउँपालिका शिक्षा स्वास्थ्य र अन्य क्षेत्रसग सहकार्य गरेर अगाडि वढ्न तयार भएको जानकारी दिनुभयो । कार्यक्रममा झापा गाउँपालिका वार्डनम्बर १ का वार्डध्यक्ष राजकुमार यादव , लायन्स क्लवका अध्यक्ष रमेश खतिवडा , जोन चियर पर्सन सुरेन्द्र प्रधान , समाजसेवी नेता उत्तम सुवेदी , कार्यक्रम संयोजक डिआर सुवेदी , विद्यालयका पुर्व प्रअ विनोद भुजेल , विद्यालयका अध्यक्ष अलि हुसेन लगायातका अतिथिहरु र सहभागिहरुले लायन्स र लियोको समाज सुधारका योजनाले मुलुककै मन जितेको बताए । लायन्स र लियोको मात्र समाजसेवा गर्ने पवित्र उद्धेश्यबाट यस विद्यालयमा कार्यक्रम थालिएको लायन्स क्लवका कोषाध्यक्ष संजय गजुरेलले बताउनुभयो ।
यस अघि लायन्सले कनकाई नगरपालिकाको कनकाई माविका विषेश प्रतिभा कान नसुन्ने ) बिद्यार्थीहरु। लाई समेत शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
तस्वीर ः सरस्वती प्राविमा कनकाई लायन्स र लियोको टोली 

सम्बन्धित खबर