Kanakai Online

प्रजापतिको वनकपमा चन्द्रगढी सामुदायिक र सुन्दरनिचा झोडा बिजयी


शनिवार, असोज २०, २०७५ |

कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन समुहको आयोजनामा भइरहेको प्रथम सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगितामा चन्द्रगढी सामुदायिक वन र सुन्दरनिचा झोडा सामुदायिक वन आआफ्नो खेलमा बिजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
आज शनिवारको पहिलो खेलमा चन्द्रगढीले अर्को टीम वहुवन सामुदायिक वनलाई सड्नडेढमा हराउदै क्बाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयसम्मको खेलमा २÷२ गोलको बराबरीमा खेल रोकिएपछि खेलको निर्णय सोझै पेलान्टी सुटबाट गरिएको थियो । जसमा दुबै टिमबाट समान ५÷५ गोल भएपछि भएको सडेन डेथमा चन्द्रगढीले बाजी मारेको हो । निर्धारित समयमा बहुवन मेचीनगरबाट अनिस मगर र सिमान्त मगर तथा चन्द्रगढीका तर्फबाट विशाल हेमरम र प्रतिकार राउतले समान १÷१ गोल गर्नुभएको थियो । खेलमा म्यान अफ द म्याच बहुवनका सिमान्त मगर हुनुभयो ।
उहाँलाई प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाले नगद १ हजार प्रदान गर्नुभयो ।
यसैगरि आजै भएको दोस्रो खेलमा झापा गाउँपालिकाको रानी सामुदायिक वनको टिमलाई सुन्दरनिचा सामुदायिक वन समुहले १ – ० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल खेलको दोस्रो हाफको केहि मिनेटमानै सुन्दरनिचा सामुदायिक वनका जर्सी नम्बर ९ का खेलाडी युसुभ थपलियाले गरे । थपलियाले हानेको प्रहारलाई रानी वनका गोलरक्षकले कुनै अनुमान समेत लगाउन पाएनन ।
गोल किपरले आउट भनि छाडेको गोल शरणामतीको गोलपोष्टभित्र पसेपछि शरणामती पराजित हुन पुग्यो । यद्धपि खेलको म्यान अफ द म्याच पराजित टिम रानी सामुदायिक वन समुहका खेलाडी अनिस कार्की हुनुभयो ।
उहालाई समेत आयोजक प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाले नगद १ हजार र ट्रफि दिनुभयो । प्रजापति सामुदायिक वन समुहमा रहेको ऐतिहासिक गैडे आहाल खाडीको प्रचारप्रसार गर्ने उद्धेश्यले गत असोज १३ गतेदेखि जारी फुटबल प्रतियोगितामा झापा जिल्लाभरका २६ सामुदायिक वनको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजयी तथा उपविजयी र तेस्रो हुने टिमले समेत क्रमश नगद १ लाख ११ हजार १ सय ११ , ५५ हजार ५ सय ५५ र ४१ ह्जार १ सय ११ र ट्रफी पाउने छन । सामुदायिक वन स्तरीय खेल भनिएतापनि प्रतियोगितामा सबै सामुदायिक वनहरुले निक्कै धनराशी खर्च गरेका कारण खेल कुनै गोल्डकप भन्दा कमी भने छैन । प्रतियोगिता आगामि असोज ३० गतेसम्म चल्ने आयोजक समितिका सदस्य डम्बर घिमिरेले बताउनुभयो । फाइनका दिन मैत्रीपुर्ण खेल आयोजक र कनकाई नगरपालिकाविच हुने समेत घिमिरेले बताउनुभयो ।
तस्वीर ः म्यान अफ द म्याचको पुरस्कार रानी सामुदायिक वनका खेलाडीलाई वितरण गर्दै अध्यक्ष सुर्य थापा

सम्बन्धित खबर