Kanakai Online

सुरुङ्गा जामुनबारीमा अर्को खानेपानी आयोजना


सोमवार, असोज ८, २०७५ |

 
कनकाई अनलाईन
सुरुङ्गा , असोज ८ गते । कनकाई नगरपालिकाका वार्डनम्बर १ र २ नम्बर वार्डका वडावाीशीले अब बढिमा ४ बर्षभित्र स्वच्छ पिउने पानी खान पाउने भएका छन ।
यस अघि विभिन्न संचारमाध्यमबाट यस क्षेत्रका जनताले पिउदै आएको कोक जस्तो रङ्गको पानीका वारेमा समाचार प्रकाशन प्रशारण भएपछि नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयबाट १३ करोड ७५ लाख रुपैँया तथा उपभोक्ताबाट २ करोड रुपैँया संकलन गरि कनकाई नगरपालिका २ जामुनवारीमा जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजनाको सुरुवात भएको छ । सोमवार प्रतिनिधिसभाका सांसद एलपि साँबा लिम्बु तथा प्रदेशसभाको सांसद हिराकुमार थापाले बैदिक विधिअनुसार सो आयोजनाको शिल्यान्यास गर्नुभएको हो । आयोजना शिल्यान्यास गर्दै सांसदद्धयले अव कम्तीमा पनि यस क्षेत्रका जनता तथा पशुपक्षिले पिउने पानीका लागि ट्युवेल तथा इनारको फोहार तथा आर्सनिकयुक्त पानी पिउनु नपर्ने बताउनुभयो ।
उहाँहरुले सरकार अवका केहि वर्षभित्रैमा सम्पुर्ण नेपालीलाई न्युनत्तम मापदण्डको पिउने पानीको व्यावस्था गर्न लागेको र यसैको निरन्तरताका लागि यस आयोजनाको सुरुवात गरिएको बताउनुभयो । आयोजना संचालनमा आएपछि कनकाई नगरपालिकाका वार्डनम्बर १ र २ नम्बर वार्डका २ हजार घरधुरीका १२ हजार जना नगरवाशीले स्वच्छ खानेपानी पिउन पाउने आयोजना उपभोक्ता समितिका सचिव निर्मल खनालले बताउनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका वार्डनम्बर २ का वडाध्यक्ष परशुराम गिरी , जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्याम सिटौला , प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापा , वडानम्बर १ का कार्यवाहक अध्यक्ष देवि अधिकारी , सरस्वती माविका प्रअ तुलसी कार्की लगायातले खानेपानी आयोजनाले गाउँलेको स्वास्थ्यमा सुधार हुने वताउनुभयो । हाल यस क्षेत्रमा पिउने पानीको भरपर्दो स्रोत नहुदा इनार तथा ट्युवलको आर्सनिक युक्त पानी पिउदै आएका छन ।
तस्वीर ः खानेपानी आयोजनाको बैदिक विधिअनुसार शिल्यान्यास गर्दै सांसदद्धय