Kanakai Online

बर्षाले खेल बिथोल्दा भैरहवा बिजयी


सोमवार, असोज ८, २०७५ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल बर्षाले विथोलिदिदा खुकुरी क्रिकेट एकाडेमी भैरहवालाई फाइदा पुगेको छ । आजको जित सगै भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्षाले विथोलिएको खेलमा २ ओभर बाकी छदै खेलको नम्स अनुसार भैरहवाले उदयपुर क्रिकेट एकाडेमीलाई ३ रनले हराएको हो । पहिले टच जितेर ब्याटिङ्ग रोजेको उदयपुर क्रिकेट एकाडेमीले आफ्नो सबै विकेट गुमाउदै ११० रनको मध्यम स्तरको रन जोडेको थियो । उदयपुरका लागि राष्ट्रिय टिमका सदस्य समेत रहिसक्नुभएका सोनु अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । उदयपुरका अर्का ब्याटम्यान सहिदुला अन्सारीले २२ रन जोडेपनि बाकी खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सक्नुभएन । भैरहवाका तर्फबाट अजय लोनियाले सर्बाधिक ४ विकेट लिन सफल हुनुभयो । लोनिया खेलको म्यान अफ द म्याच समेत हुनुभएको थियो । उहाँले नगद २ हजार रुपैँया प्राप्त गर्नुभयो । यसैगरि भैरहवाको तफबाट रमेश कुर्मी र मनबहादुर थापाले समान २÷२ विकेट लिनुभयो ।
यता १११ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले १८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेपछि बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भैरहवा खेलको नम्स अनुसार विजयी भएको हो । बर्षाले खेल रोकिनु अघि भैरहवाका खेलाडीहरु संदिप रसाइलीले ३८ तथा मिर्निल गुरुङ्गले ३२ रन जोडनुभएको थियो , भने उदयपुरका खेलाडी विधान गोश्वामीले ३ विकेट लिनुभएको थियो । यो आजको खेलसगै प्रतियोगितकाको पहिलो चरणका खेलहरु सकिएको छ ।
मंगलवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र युथ क्रिकेट एकाडेमी राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा भइरहेको क्रिकेट प्रतियोगितको विजयी तथा उपविजयी हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार तथा ट्रफि पाउने छ ।
 

सम्बन्धित खबर