लीलाराज झापाली /कनकाई अनलाईन
धेरैलाई थाहा नहुन पनि सक्छ , झापाली पत्रकार डिल्लीराम घोर्साइ राम्रा कलाकार र मोडल पनि हुन भनेर ।
कन्चनंजघा एफएमको ध्वनि तरङ्गमा विगत १५ बर्षदेखि नियमित समाचार अन्य साहित्य र चेतनमुलक कार्यक्रम चलाइरहेका यी घोसाईको आवाज धेरैले सुनेपनि अनुहार भने कमैले मात्रै देखेको भनेर गुनासो आएपछि उनी रेडियो कार्यक्रममा मात्रै बसिरहन सकेनन ।
जिल्ला तथा जिल्ला बाहिर समेत विभिन्न सानाठुला स्टेज शो हरुमा बाक्लै देखिन थाले । यस विचमा धेरै कलाकारहरुसग वाक्लै संगत हुनथाल्यो स्टेज कार्यक्रमका लागि सोहि अनुसारको लामो कपाल र गेटअफ पनि बनाउनै पर्यो । उनमा पहिले स्कुल पढ्दादेखिकै उनीभित्र पलाएएको रहेछ कलाकार बन्ने मोह ।
पत्रकारितमा राम्रै चर्चा बटुलिसकेका डिल्ली पनि के कम यसपछि उनी पनि लागे कलाकारिता तर्फ । हाल उनी अभिनित एउटा गित युटुभमा भाइरल बनिरहेको छ । भारतीय चर्चित गजल गायक कुनाल गन्जवालाको स्वरमा रहेको झुलुक्कै झुल्किदेउ मेरी कान्छीमा डिल्लीको लोभलाग्दो अभिनय देखिन्छ ।
कनकाई र दोमुखा लागायातका पर्यटकिय क्षेत्रमा खिचिएको यस गितले आफु र आफ्नो पर्यटकिय क्षेत्र दुबैको एकसाथ प्रचार भएकोमा कम्ती खुसि छैनन उनी । डिभियोलाई अर्का चर्चित नृत्य निर्देशक श्रीगणेश शर्माले निर्देशन गरेका छन भने डिल्लीलाई मोडल रुजु ढकालले नायिकाकी रुपमा डिल्लीकी कान्छी बनेर साथ दिएकी छिन । झुलुक्कै झुल्किदेउ मेरी कान्छीको सफलतासगै अर्को म्युजिक भिडियोको पनि डिल्ली तयारी गर्दै छन ।
भिडियोको सफलताकै कारण हुनसक्छ अर्का चर्चित नेपाली मुलका भारतीय गायक चर्चित गित प्रिय तिम्रो सम्झनाका गायक सुरेश कुमारबाट बारम्बार डिल्लीरामलाई फिल्म खेल्नका लागि समेत अफर आइरहेको छ तर फिल्मका लागि धेरै समय र तालिमको जरुरत पर्ने हुदा त्यसतर्फ सोचेका भने छैनन । हाल निर्माण व्यावसायमा समेत हात हालेका घोर्साइजीको पत्रकारिताचाहि कस्तो चल्दै छ त ? उनी भन्छन मुर्छना , समाचार , लोक सुशेली कार्यक्रम पछि थप चलचित्र सम्बन्धि समेत थप कार्यक्रम संचालन गर्दै छु । पहिला पत्रकारिता अनि बाकी काम ।