Kanakai Online

कनकाई नगरपालिकाको चर्चित वलत्कार काण्डका नेत्र तिम्सिना पक्राउ


मङ्गलवार, भदौ २६, २०७५ |

कनकाई अनलाईन
२५ भदौ, काठमाडौं । नशालु पदार्थ सुघाएर बेहोस पारि युवती बलात्कार गर्ने व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले झापाको कन्काई नगरपालिका–३ टप्पुकाका ४१ वर्षीय नेत्र तिम्सिनालार्इ पक्राउ गरेको हो ।
 
घटनापछि १२ मंसिर ०७३ मा झापा जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा ५ वर्ष कैद र पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट ३० हजार रुपैयाँ क्षतिपूर्ती पाउने ठहर गरेका थियो । त्यस फैसलालाई उच्च अदालत, बिराटनगरले पनि १५ जेठ ०७५ मा सदर गरेको थियो ।
यद्यपि, तिम्सिना भने फरार थिए ।पूर्वका विभिन्न जिल्लाका विकट स्थानहरुमा उनी लुकिछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, इलामको सहयोगमा उनलाई जिरोकिलोबाट पक्राउ गरेको सीआईबीका एसपी सानुराम भट्टराईले बताए ।
प्रवक्ता समेत रहेका भट्टराईका अनुसार तिम्सिनालाई फैसला कार्यान्वयका लागि इलाम जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय, इलाम पठाइएको छ ।
‘पछिल्लो समय बलात्कारका घटना बढिरहेको सन्दर्भमा फैसला भएर पनि लामो समयदेखि फरार रहेकाहरुको खोजीमा हामीले चासो दिएका छौं’, उनले अनलाइनखबरसँग भने ।
 
 
 
 
 
 
 
 
 
 

सम्बन्धित खबर