कनकाई अनलाईन
माइधाम (शिबसताक्षी), २५ भदौं–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १० मा चालु आर्थिक बर्ष २०७५।०७६ मा साढे छ करोड बराबरको योजना र बजेट छुटिट्एको छ । सोमबार, माइधामस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा शिबसताक्षी नगरपालिका र प्रदेश सरकार मार्फत यतिका योजना र बजेट छुट्टिएको जानकारी
वडाध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माको प्रमख आतिथ्यता रहेको थियो । नगर प्रमुख चन्द्रकुमार शेर्माले शिबसताक्षी नगरभरी मध्ये सबै भन्दा बढी योजना र बजेट वडा नं १० मा छुट्टिएको बताए । उनले दोमुखा पर्यटन क्षेत्र विकासलाई रु १ करोड, माईधाम मुक्ति आर्यघाटलाई रु १ करोड, केएनके स्पोटिङ कल्ब रङ्गशाला मर्मत रु ७५ लाख, खानेपानीलाई रु ४० लाख, रिङ्गरोड रु ५० लाख, ट्रम रोड रु ५० लाख, तटबन्ध रु ३ लाख, अतिथि सदन रु ५ लाखसहित बिभिन्न शिर्षकमा गरी साढे छ करोड बजेट छुटिटएको बताए ।
नगर प्रमुख शेर्माले वडा कार्यालयले सञ्चालन गरेका योजना र बजेट तथा प्रशसनिक सेवा विस्तारसहित प्रभावकारीता सम्बन्धी स्थानीय सरोकारवाला सचेत नागरिकहरुले जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई खबरदारी गर्न आवश्यक रहेको बताए । वडामा रहेका कनकाई नदीको कटान, धार्मीक तथा पर्यटकीय क्षेत्र माईधाम र दोमुखा लगायत सामुदायीक बन, निजी बन, माईधाम बजार, मठ–मन्दिर, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, बित्तिय बैक, सुरक्षा, सिचाई तथा सामाजिक सुरक्षाका पक्षमा नगरपालिकाले दोस्रो नगरसभाबाट पारित गरेका योजना र बजेटका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडाध्यक्ष थापाले आर्थिक बर्ष २०७५।०७६ मा नगरबाट रु ४० लाख सिलिङ बजेट छुटिटएको बताए । उनले सो रुपैयाबाट वडाभित्र समान ढंङ्गले २२ वटा योजनागत शिर्षकमा वाडफाड गरिएको जनाए । त्यस्तै, यहि भाद्र ५ गते नगर बैठकमा ७ वटा योजना शिर्षकमा रु ६ लाख ४० हजार प्राप्त गरेको वडाध्यक्ष थापाले जानकारी दिए । वडा कार्यालयले चालु आर्थिक वर्ष शुरुसंगै श्रावण महिनामा रु १ लाख ८ हजार ४ सय १७ संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७४।०७५ मा नगरपालिकाबाट रु ५० लाख प्राप्त भएको र सो रुपैयाले वडामा ३१ वटा साना तथा ठूला योजनाहरु सम्पन्न गरेको जानकारी गराए । त्यस्तै, वडामा नगरपालिकाले निर्माण गरेका योजनाहरुलाई रु एक करोड ४० लाख ४७ हजार ३ सय ६८ बराबरको खर्च गरेर योजना अनुरुपको कार्य सम्पन्न गरेको थापाले बताए ।
वडामा आर्थिक बर्ष २०७४।०७५ मा ४६६ जनाले रु २८ लाख ३९ हजार २ सय सामाजिक सुरक्षा वापतमा खर्च भएको छ । त्यस्तै, वडामा १९४ बसाई सरी आएको र ११४ जना बसाई सरी गएको छ । २९३ जनाको जन्म दर्ता र ४२ जनाको मृत्यु दर्ता भएको छ । वडामा १ जनाले सम्बन्ध बिच्छेद गरेको छ भने १०२ ले विबाह दर्ता गरेका छन् । वडा कार्यालय मार्फत ४४४ संख्यामा पत्र चलानी गरेको र ४६८ वटा पत्र दर्ता गरेको छ ।
सो क्रममा सोकध्वोज कार्की, उमानाथ पराजुली, श्याम श्रेष्ठ, कुमार गिरी, कमल बहादुर दाहाल, अमृत कार्की, डिमम पराजुली, धनप्रासद लावोती, जघन कार्की दुर्वाशा, सेलिङ केसी, सिताराम न्यौपाने, लिलाप्रसाद भट्टराई, मोहन सुवेदी, चन्द्र कार्की, भवानी विक्रम सेलिङ, नगरबहादुर थपलिया, विमला संग्रौला, शोभा मगर, नन्दराम संग्रौला लगायतले जिज्ञाशाहरु राखेका थिए ।
वडा सदस्य भाष्कर सिटौलाले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा कार्यक्रमको औचित्य माथि नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने जानकारी गराएका थिए । सार्जजनिक सुनुवाई कार्यक्रमलाई कार्यक्रम अधिकृत महेश लामिछानेले सहजिकरण गरेका थिए । सो कार्यक्रममा वडा नं १० का वडा सदस्य तथा नगर न्यायिक समिति सदस्य हर्क सिगु, मन्दिरा पाठक, मंगलादेबी विश्वकर्म र भाष्कर सिटौलाको उपस्थिति रहेको थियो ।