कनकाई अनलाईन
आजबाट झापाको सुरुङ्गामा जेसिजको क्षेत्र क सम्मेलन सुरु हुदै छ ।
सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष , कनकाई उवासंघका अध्यक्ष तथा जेसिजको क्षेत्र क सम्मेलनका निर्देशक कुमारमणि पोखरेलले बन्द निषोधित नगरिका रुपमा विश्वभर र पर्याटकिय क्षेत्रका रुपमा देशभर परिचित कनकाई नगरीको गरिमा र पहिचानलाई अझ व्यावस्थि तगर्न युवाको साझा संस्था नेपाल जेसिजको क्षेत्र क सम्मेलनको आयोजना सुरुङ्गामा गर्न लागिएको बताउनुभएको छ ।
कनकाई साप्ताहिसग जेसिज सम्मेलनको आयोजनाको वारेमा कुरा गर्दै यस क्षेत्रका युवा नेता समेत रहनुभएका पोखरेलले अगाडि भन्नुभयो कुनै समय यस्तो थियो हामीले सुरुङ्गा कहिल्यै बन्द नहुने शहर भनेको भरमै देशमै प्रख्यात थियौ । तर त्यसको अलवा यस क्षेत्रको अर्को पहिचान भनेको देशकै सानो क्षेत्रमा धेरै पर्याटकिय स्थलहरु भएको क्षेत्र पनि हो । यस कनकाई क्षेत्रमा एक दर्जन सानाठुला पर्याटकिय क्षेत्र भएपनि अवको केहि महिनामा अरुपनि पर्याटकिय क्षेत्रको विकास भइरहेको समेत जानकारी देशविदेशमा दिन समेत यस कार्याक्रमको आयोजना गरिएको पोखरेलले बताउनुभयो । संसारका जुनसुक्कै समस्याहरुपनि अन्तिममा गएर आर्थिक कुरामा गएर टुङ्गिने भन्दै अव यस बन्द निषेधित र पर्याटकिय क्षेत्रमा बास बस्न र व्यापार व्यावसायका लागि मुलुकभरका युवालाई यस क्षेत्रमा आव्हान कार्यक्रममा गरिने र कार्यक्रममा देशका प्रमुख राजनैतिक विश्लेषक सामाजिक अभियान्ताहरुलाई ल्याएर अन्र्तक्रिया गरिने र सुरुङ्गा घोषणा पत्र समेत जारी गरिने भएकोले कार्यक्रमको ऐतिहासिक महत्व रहने समेत उहाँले बताउनुभयो ।
आगामि भाद्र २२ र २३ गते कनकाई उवासंघको सभाहल र सुरुङ्गा जेसिजको हलमा हुने कार्यक्रमको उद्घाटन भाद्र २२ गते शुक्रवार साढे १० बजे पुर्व प्रधानन्यायाधिस शुशिला कार्कीले गर्दै हुनुहुन्छ भने आनि छोइङ्ग , डोल्मा , प्रा ः डा सुरेन्द्र केसी , पुरन्जन आचार्य र पत्रकार उज्जवल प्रसाईको उत्प्रेरण भाषण रहेको छ । सम्मेलनमा पुर्बमा धुलावारी देखि पश्चिममा मलंगवा जेसिज सम्मका ४० साखाका ६ सय जेसिहरुको सहभागिता रहने र उनीहरुका आवास र खानाको व्यावस्था गरिसकिएको बताइएको छ ।
सम्मेलन सफल बनाउन पोखरेल निर्देशक तथा त्रिलोचन चिमरिया उपनिर्देशक रहेको ११ सदस्यीय मुल आयोजक समिति रहेको छ । भने विभिन्न ९ बटा उपसमिति समेत निर्माण गरिएको छ जसमा आर्थिक समिति संयोजक शिव कडेँल , त्रिलोचन चिमरियाको संयोजनमा खानपिन समिति , प्रविण तिम्सिनाको संयोजनमा मन्च व्यावस्थापन समिति , जविन तिम्सिनाको संयोजनमा साउण्ड सिस्टम समिति ,राम निरौलाको संयोजनमा स्मारिका प्रकाशन उपसमिति , अर्जुन बोहोराको संयोजनमा टेण्ट व्यावस्थापन समिति , भीमप्रसाद भट्टराइको संयोजनमा साखा तथा अतिथि व्यावस्थापन समिति र चन्दा ढकालको संयोजनमा प्रकरण अतिरिक्त क्रियाकलाप उपसमिमिति गठन गरिएको छ । कार्यक्रम संचालनका लागि ३० लाखको लागत अनुमान गरिएको छ ।