Kanakai Online

कनकाईमा राष्ट्रिय स्तरको क्रिकेट हुने


बिहिवार, भदौ २१, २०७५ |

कनकाई अनलाईन
आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पुर्वाञ्लल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताउनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउनेछन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाको पुरस्कार स्थानीय समाजसेवि प्रविण तिम्सिनाले गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
भने फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिप गजमेरले बताउनुभयो । प्रतियोगिता संचालनका लागि ६ लाख रुपैँया लाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहर्ने यसैगरि रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान र टिभिएस मोटरसाइकल बाट प्रथम र द्धितिय पुरस्कार सौजन्य हुने आयोजकले बताएको छ ।
प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति समेत निर्माण गरिएको छ । प्रतियोगिताले पुर्व क्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताउनुभयो । केहि स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुनसक्ने आयोजक समितिका हरि कार्कीले बताउनुभयो । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाको सभापत्वि तथा सचिव मनोज बस्नेतको संचालनमा भएको थियो ।

सम्बन्धित खबर