Kanakai Online

कनकाई ६मा समयमै जन्मदर्ता गराएमा उपहार


आइतवार, भदौ १७, २०७५ |

कनकाई अनलाईन
कनकाई नगरपालिका वार्ड नम्बर ६ ले अभिभावकका लागि बच्चा जन्मिएको ३५ दिनभित्रै जन्मदर्ता गर्नेलाई नगद ५ सय बरावरको उपहार दिन सुुरु गरेको छ ।
अन्य पालिकाहरुमा कर बढेको हल्ला चलिरहेको वेला कनकाई नगरपालिकाको ६ नम्बर वार्डले सुरु गरेको यस कार्यक्रमको भने चर्चा चुलिएको छ । जिवनको सबैभन्दा पहिलो नागरिकको प्रमाणका रुपमा रहेको जन्मदर्ताको प्रमाणका रुपमा रहेको जन्मदर्ताका लागि अभिभावकहरुलाई आफ्ना नानीहरुको समयभित्रै जन्मदर्ता गराउन भन्नका लागि प्रेरणा दिने उद्धेश्यले वार्डले यस कार्यक्रम सुरु गरिएको कनकाई वार्डनम्बर ६ का वार्डअध्यक्ष लक्ष्मीप्रसाद ओलीले बताउनुभयो ।
यस कार्यक्रमका लागि वार्ड कार्यलयले २० हजार रुपैँया छुट्टाएको तथा आगामी दिनमा आवश्यकता हेरि बजेट थप समेत गर्न सकिने ओलीले बताउनुभयो । हाल यस कार्यक्रम लागु भएपछि अभिभावकहरु आफ्ना नानीहरुको समयसिमा भित्रै जन्मदर्ताका लागि कार्यालय आउने गरेको समेत वडाध्यक्ष ओलीले बताउनुभयो ।