कनकाई अनलाईन
केहिदिन पहिले कनकाई माई खोलामा बगाएर अन्यत्र काठ चोरी गरि लैजादै गर्दा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी गस्ती टोलीले काठसहित ५ जना युवालाई पक्राउ गरेको एक साता नवित्दै विर्तामोड नगरपालिका ११ लक्ष्मीपुर क्षेत्रबाट साखुजातको अबैध ३६ .८१ क्युफिट चिरान काठ र मे १ च २४४७ नम्बरको पिकअप भ्यान र २ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले गाडी चालक खोटाङ्ग दिक्तेल घर भएका अमृत राई र काठधनी भद्रपुर नगरपालिका २ घर भएका तुलसी कट्टेललाई पक्राउ गरि आवश्यक कार्वाहीका लागि गाडीसहित सेक्टर बन कार्यालय सुरुङ्गामा बुझाएको हो ।हाल बरामद काठ तथा गाडी सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको तथा पक्राउ गरिएका दुबैजनालाई म्याद थप गरि अनुसन्धानका क्रममा जिल्ला वन कार्यालया चन्द्रगढी झापा लगिएको सेक्टर वन कार्यालय सुरुङ्गाका प्रमुख ओम भट्टराइृले बताउनुभयो ।
गैडे सामुदायिक वनमा सिसि क्यामेरा
यसैविच वढ्दो काठचोरी तस्करी रोक्न गैडे सामुदायिक वन समुहको काठ घाटगद्धी क्षेत्रमा शक्तिशाली ४ बटा सिसि क्यामेरा जडान गरिएको छ । काठ चोरी रोक्न र सुरक्षाका लागि सामुदायिक वनको काठ घाटगद्धी क्षेत्रमा मात्रै भएपनि ४ बटा सिसि क्यामेरा जडान गरिएको गैडे सामुदायिक वन समुहका अध्यक्ष अमृत बहादुर कार्कीले बताउनुभयो । सो समुहले आफ्ना उपभोक्ताको सुविधालाई ध्यानमा राखेर वन समुहले काठ चिरानका लागि बेन्सो समेत राखिएकाले चिरान काठ वढी चोरीहुनसक्ने भएकाले समेत घाटगद्धी स्थलमा सिसि क्यामेरा राखिएको कार्कीले बताउनुभयो ।
वन क्षेत्रमै सोलार बत्ती
यता कनकाई सामुदायिक वन समुहले काठ चोरी तस्करी रोक्न वन क्षेत्रमा सोलारजडित बत्ती जडान गरेको छ । वन समुहका अध्यक्ष ख्याम ओलीले कनकाई नगरपालिका र वन समुहको लगानीमा १२ लाखको लागतमा वन क्षेत्रभित्र विभिन्न ठाउँमा १२ बटा सोलार जडित सौर्य बत्ती जडान गरिएको छ । यसवाट राती वन क्षेत्रबाट हुने चोरी पैठारी नियन्त्रण हात्ती समस्याको समाधान र स्थानीयवाशीलाई हिड्डुलका लागि सहज भएको कनकाई सामुदायिक वन समुहकी सचिव मान्ता खरेलले बताउनुभयो ।