Kanakai Online

कनकाईमा कर घट्यो


शुक्रवार, भदौ १५, २०७५ |

चन्द्र बस्नेत
कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५्७६ को कर प्रणालीका
सम्वन्धमा केही सुधार गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले नगरको आ.व.२०७५्७६ को कर प्रणाली
सम्वन्धमा भदौ ११ गते वसेको कार्यपालिकाको बैठकवाट निर्णय भए अनुसार भदौ
१२ गतेदेखी लागु भएको जानकारी गराउँदै पत्रकार सम्मेलनमा सार्वजनिक गरेका
हुन् ।
स्थानिय तहले जनताको ढाड सेक्ने गरीको कर लगाएको भन्ने कुरा प्रचार मात्र
बढी भएको प्रष्ट पार्दै प्रवक्ता पौडेलले जनताको पिर, मार्का र भावना अनुरुप
नगरका तर्फवाट लिँइदै आएको केही राजस्वमा सुधार गरी विभिन्न १८ वटा
सेवाको सिफारिस अव निशुल्क रुपमा हुने जानकारी गराएका छन् ।
सुधार भएका
मध्ये तत्कालिन सर्वदलिय संयन्त्रवाट निर्णय भई २०७३ साउन १ गते देखी लागू
भएको एकिकृत सम्पति कर अन्तर्गत जग्गाको मूल्याङ्न, करको दर रेट तथा भौतिक
संरचनाको मूल्याङ्नलाई नै चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको
वताएका छन् ।
त्यस्तै कृषि तथा पशुजन्य व्यवसाय, साना एवं घरेलु व्यवसाय, हस्तकला लगायतका
व्यवसायमा लगाइएको करलाई समेत साविक मवोजिम नै कायम गरिएको वताइएको छ
। त्यस्तै चारकिल्ला प्रमाणित गर्दा लिइने दस्तुरलाई सवै वडाहरुमा एकरुपता कायम
गर्दै साविकमा लिँइदै आएको दस्तुर भन्दा न्युन हुने गरी अर्थात पहिला प्रति
कठ्ठा रु.७० रहेकोमा हाल प्रति कठ्ठा रु.५० कायम गरीएको वताइएको छ ।
त्यस्तै वैकिंङ् प्रयोजनका लागि गरिने आय हैसियत सिफारिश दस्तुर एक लाख
वरावर रु.२५ मात्र कायम गरीएको छ । एकाघरका सदस्यमा हुने जग्गाको अंशवण्डा,
बकस पास तथा नामसारीको लागि गरिने घरवाटो सिफारिस दस्तुरमा ५० प्रतिशत
छुट हुने भएको छ । मोही लगत कट्टा सिफारिस दस्तुर एकाघरको मोही भएमा ५०
प्रतिशत छुट हुने भएको छ । त्यस्तै २०७५ सालको भदौ भदा अगाडी निर्माण
भएका तर नक्सा पास नभएका घरहरुलाई २०७५ सालको चैत्र मसान्त सम्ममा
अभिलेखिकरण गर्नु पर्ने वताइएको छ ।
त्यस्तै ऐलानी जग्गामा बनेका घरहरुको न्यून रुपमा स्थानिय विकास शुल्क लिएर
अभिलेखिकरण गरिने वताइएको छ । नागरिक्ता तथा प्रतिलिपिको लागि गरिने
सिफारिस, निवेदन दस्तुर तथा फारम दस्तुर साविकको भन्दा न्यून गरिएको
वताइएको छ ।
कनकाई नगरका प्रवक्ता पौडेलले १८ प्रकारका विभिन्न सिफारिस तथा सेवालाई
पूर्ण रुपमा निशुल्क सिफारिस गरिने वताएका छन् । जस मध्ये घटना दर्ता(३५दिन
भित्र), अपाङ्गता, जेष्ठ नागरिक परिचय पत्र, विपन्नलाई उपचार सहयोग वापत,
छात्रवृत्ती सम्वन्धि, वैंक खाता खोल्ने सम्वन्धि, आदिवासी, जनजाती, दलित,
अल्पसंख्यक, सीमान्तकृत,पिछडा वर्ग लगायतको प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता
सम्वन्धि, पशु तथा कृषि विमा लगायतका सिफारिस निशुल्क गरिने भएका छन् ।
त्यस्तै वैदेशिक रोजगारीमा मृत्यु भएको, विपद तथा प्रकोपवाट क्षति भएको
कागजात सम्वन्धी, कडा रोग उपचारका लागि, आर्थिक अवस्था कमजोर हुनेलाई
कोर्ट फि निशुल्कको सिफा्िरस, अशक्त, असहाय, तथा अनाथको पालनपोषणका
लागि, निशुल्क कानुनी सहायत सम्वन्धी, वाटोमा परेका जग्गा लगत कट्टा
सम्वन्धि(प्लटिङ्) वाहेक, वडावाट नगरपालिकामा गरिने सिफारिस र नागरिक्ताको
अनुसूची फारमहरु लगायतका निवेदन दस्तुर समेत निशुल्क गरी सेवा प्रदान गर्ने
नगरका प्रवक्ता पौडेलले वताएका छन् ।