कनकाई अनलाइन
सुरुङ्गा , भदौ ११ गते । समान काम गरेर पनि मासिक ६ हजार मात्रै तलव पाएको भन्दै नेपाल वाल विकास शिक्षकहरु आन्दोलित बनेका छन ।
लामो समयदेखि वालवालिकाको शिकाइ प्रक्रियामा सहभागि बनेका हज्जारौ वालविकास शिक्षिकाहरु १० बजेदेखि ४ बजेसम्म विद्यालयमा पढाउदा पनि मात्रै ६ हजार रुपैँया तलव सरकारले उपलब्ध गराएर चरम श्रम शोषण गरेको भन्दै देशभरका वाल विकास शिक्षकहरु आन्दोलित बनेका हुन । आन्दोलनका क्रममा सोमवार २ घण्टा स्थानिय तहको कार्यालयमा तालाबन्दी गरी धर्ना दिएर विरोध प्रदर्शन गरेका छन । झापाका सबै १५ स्थानीय तहमा विहान १० बजेदेखि १२ बजेसम्म शिक्षिकाहरुले स्थानीय तहको मुल ढोकामा ताला लगाएर विरोध प्रर्दशन गरेका छन । आफुहरुले यस पहिले शिक्षामन्त्री गिरीराजमणि पोखरेल र प्रदेश सरकारसम्म समेत ज्ञापनपत्र बुझाइसकेको र त्यहाबाट आफ्नो माग स्थानीय तहबाटै सम्मोधन हुने भनिएपछि बाध्य भएर स्थानीय तहकोे ढोका ढकढकाउनुपरेको वाल विकास शिक्षक कनकाई नगर अध्यक्ष टिका गिरीले बताउनुभयो ।
उहाँले आफु १९ बर्षदेखि वालविकासमा वालवालिकाहरु पढाउदै आएको र अव विदेश काम गर्न जाने उमेर समेत कटिसकेकाले आफुजस्ता वालशिक्षकका हकका लागि आन्दोलित हुनु परेको बताउनुभयो । कनकाई नगरपालिकाले प्रतिमहिना १ हजार थप वाल शिक्षिकालाई दिने भनेपनि त्यो ज्यादै न्युन भएको उपाध्यक्ष लक्ष्मी नेपालले बताउनुभयो । आफुहरु माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने नेपालले बताउनुभयो । पछिल्लो समय प्राय सबै सामुदायिक विद्यालयहरुमा समेत इलेक्ट्रिोनिक्स हाजिरी राखिएकाले ज्यादै न्युन तलव हुने आफुहरु थप मारमा परेका नेपालले बताउनुभयो ।यता कनकाई नगरपालिकामा आयोजित धर्ना कार्यक्रममा कनकाई नगर शिक्षक संगठनका अध्यक्ष सारदा पाठक , कनकाई नगरपालिका शिक्षा प्रमुख हरि मिश्र लगायातले वालविकास शिक्षकका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
तस्वीर ः कनकाई नगरपालिकामा सोमवार २ घण्टा कार्यालय बन्द गरेर धर्ना दिदै वालािवको शिक्षिकाहरु ः लीलाराज झापाली