Kanakai Online

तारा सुवेदी अभियानमा रेलिमाईको साथ


शनिवार, भदौ ९, २०७५ |

कनकाई अनलाईन ।
क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोग जुट्ने क्रम जारी छ ।
यसैविचमा खेल क्षेत्र र सामाजिक क्षेत्रमा अग्रणि रुपमा कार्य गर्दै आएको न्यु रेलिमाइ युवा क्लब कन्काइ नगरपालिका ५ तुलसीबारी झापाले आफ्ना सदस्यहरुबाट संकलित रकम एकमुष्ट रुपमा १० हजार ५ सय ५ रुपैँया तारा सुवेदी उपचार सहयोग समितिका संयोजक दिनेश मैनालीलाई हस्तानतरण गरेको छ । यो र थप अन्य दाताको रकम समेत गरेर हालसम्म २ लाख ५० हजार रुपैँया रकम संकलन गरिसकिएको उपचार सहयोग समितिका संयोजक दिनेश मैनालीले बताउनुभयो ।
सहयोेग गर्ने न्यु रेलिमाईका सदस्यहरुमा
७८) रमेश चन्द्र दाहाल .१५ सय ५
७९) मोहन ओझा ५००
८०) जय ब लिम्बू.५००
८१)जीवन श्रेष्ठ .५००
८२)देबि ओलि .५००
८३)सैलेन्द्र बिमली.५००
८४)देबराज लिम्बू.५००
८५)मोहन शाह .५००
८६)भुपालमान कार्की .५००
८७)राम कु ढुंङगेल .५००
८८)रुद्र श्रेष्ठ .५००
८९)हेम कु बिमली .५००
९०)राजेन्द्र श्रेष्ठ .५००
९१)प्रकाश पौडेल .५००
९२)गोपालमान कार्की .५००
९३)तारा प्र उप्रेती .५००
९४)कुमार भट्टराई .५००
९५)जय शिवाकोटी .५००
९६) चन्द्र वा मुरि मगर .५०० रहनुभएको छ भने अन्य सहयोगिहरुमा
९७) भिस्मराज सिटौला हाल दोहा कतारबाट सयोग रकम .१० हजार
९८)मदन सिटौला दोहा कतार . १५ सय
९९) नवीन सिटौला .५००
यसैगरि यस अभियानमा अष्ट्रेलियामा रहनु हुने १००) सबिन प्रसाईं, रबिन प्रसाईं तथा नवीन प्रसाईं दाजुभाइ बाट सयुक्त रुपमा नगद र ८ हजार रुपैँया
१०१) गुरुप्रसाद प्रसाईं .१हजार
यसैगरि
कन्काइ नगरपालिका ५ बेनुबाजा स्थित १०२) श्री बेनुबाजा अङ्ग्रेजी माद्यामिक बिद्यालयको तर्फबाट नगद रु ३हजार त्यस्तै १०३) पिन्सिपल श्री बिनोद सुब्बा ज्युबाट ब्यक्तिगत रुपमा नगद रु १ हजार
वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत १०४) श्री भिस्मराज सिटौलाबाट नगद रु १० हजार
वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत १०५) कमला घिमिरे ढकाल बाट रु ५१ सय
कुबेतमा कार्यरत १०६) अलिश गोले च्याङ्वा बाट नगद रु २हजार २० , त्यस्तै वैदेशिक रोजगारिको क्रममा कतारमा कार्यरत १०७) मदन सिटोला बाट नगद रु १५ सय , १०८) नवीन सिटौलाबाट नगद रु ५ सय प्राप्त भएको छ । अब १ लाख ५० हजार रुपैँया रकम संकलन भए सुवेदीको जिवन वाच्ने उपचार समितिका सदस्य रामबहादुर बुडाथोकीले बताउनुभयो । एक १२ बर्षिय छोरा र ७ बर्षिय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेविले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आउनुभएको छ । सम्पतिको नाममा सानो घरमात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै दे्श विदेशमा रहनुहुने नेपालीहरुसग अनुरोध गरेको छ । सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तारा सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल , भोला खड्का र रामबहादुर बुडाथोकी रहनुभएको छ ।सहयोग समितिले सहयोगका लागि फेसबुकबाट मद्धत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ । उहाँलाई सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ म रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।