कनकाई अनलाईन ।
आफ्ना दिंवगत माता पिताको श्राद्ध तपाई कसरी गर्नुहुन्छ ? प्राय ब्रामण्ड बोलाएर आफ्ना चेलीबेटी र बोलाएर दान गरेर नै गर्दै आउनुभएको होला । तर कनकाई नगरपालिका १ प्रजापतिका यी दिलिप खड्काले भने विगत ६ बर्षदेखि निरन्तर यहाँस्थित कोटिहवनमा रहेको कविर कुटी आश्रममा रहेका बृद्धबृद्धालाई मिठो मसिनो खुवाउनका साथै सक्दो सहयोग गरेर मनाउदै आउनुभएको छ ।
आज पनि खड्काले आफ्नी दिवंगत आमा देउकुमारीको श्राद्ध यस आश्रममा रहेका र यस वरपर रहेको १ सय भन्दा बढी बृद्धबृद्धालाई खिर फलफुल खुवाउनका साथै एक एक थान लगाउने गाम्छा र दक्षिणा दिएर मनाएका छन । मानिसहरुले मरेका पितृहरुको उद्धारका लागि पिण्ड लडाएर फजुज नक्कल गरेर गर्नुका साटो यसरी असहायहरुको माया पाउने गरि गर्न सके पितृले थप फल पाउने खड्का बताउछन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री कविताबाट आफु प्रभावित भएर बृद्धाआश्रममा आएर आमाबुबाको श्राद्ध गर्न थालेको खड्काले बताउनुभयो । यसरी हरेक व्याक्तिले आफ्ना मातापिताको नाममा असक्क्तहरुको मद्धत गर्न सके समाजमा कोहीपनि असाहायहरु नरहने स्थानीय नेता हरिबहादुर राउतको भनाई छ ।