खगेन्द्र घिमिरेको सहयोगमा
झापा,
झापा मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने फेरि जाड खाएर सार्वजनिक स्थानमा लडेका छन । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन एमाले कोटाबाट वडाध्यक्षमा निर्वातिच न्यौपाने
यस अघि समेत
मदिरा सेवन गरेर कार्यालयमा गएर बबाल गरेपछि गत चैत्र १४ गते कार्यालय बाटै पक्राउ गरिएको थियो ।
पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई सो समय नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।
तर त्यसपटक आइन्दा यस्तो हर्कत नदोहराउने सत्रमा उनलाई प्रहरी नियन्त्रणबाट छाडिएको थियो ।
त्यसपटक पनि प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।
कार्यालयमा मदिरा खाएपछि तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासीको रिर्पोटपछि प्रहरीले उनलाई पक्राउनै गर्नुपरेको थियो ।
एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई उप्रान्त मदिरा सेवन नगर्ने शर्तमा पहिलेपनि छाडिएको थियो ।
यो घटना भएको केही महिना पछि समेत कार्यालयमै मादक पदार्थ सेवन गरेको संचारकर्मीले भेटेका थिए । संचार मिडियामा आफु अव यस्तो नगर्ने बताउने न्यौपानेको फेरी अर्को यस्तै घटना देखाएका छन् । बाहुनडाँगीबाट पारस न्यौपाने लेख्छन् मेचीगनगर–२ बाहुनडाँगीका वडाध्यक्ष तिलक न्यौपाने वडा कार्यालय अगाडि बाटोमा लडेका हुन् । मातेर बाटोमै लम्पसार परेपछि स्थानीय दुई जनाले उनलाई उठाएका थिए ।
उनको यो हर्कतले भोट हाल्ने जनता निरास भएका छन् । विकास निर्माण गर्ने जिम्मेवारी पाएका वडाध्यक्ष दिनदहाडै मातेर झल्लु भएपछि मेचीनगर–२ बासी निरास भएका हुन् ।
हात्तीको समस्याले आक्रान्त बाहुनडाँगीबासी वडाध्यक्षको यस्तो कार्यले अब के गर्ने भन्ने चिन्तामा छन् । ‘हात्ती समस्या समाधान गर्छन्, हाम्रो दुःख बुझ्छन् भनेको त वडाध्यक्षकै यस्तो हालत छ’, एक स्थानीयबासीले भने, ‘यस्ता जनप्रतिनिधिलाई कारबाही गर्नुपर्छ ।’
निर्वाचनताका परिवर्तनको सम्वाह बन्ने बाचा गरेर जनताका घरघरमा पुगेकाहरु निर्वा्चित भएर जनप्रतिनिधि बनेका छन् । तर, जनतालाई परिवर्तनको आभास दिने बाचा गरेका उनीहरु आफ्नै व्यवहारमा समेत परिवर्तन गर्न असफल भएका छन् । न्यौपाने तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वा्चित भएका थिए ।
त्यस्तै कमल पोख्रेल ले लेखेका छन् । देश कै चर्चित मेचिनगर २ का वडाध्यक्ष ज्यु को अर्को कर्तुत, आज छुट्टी को दिन फिटान भएर बाटोमै लडिबढी नाम त थाहा होलानी उहाको रु कुरि कुरि भन्न नि लाज लाग्यो रु
उता बिजय डालमियाको भनाइमा कठै मेचिनगर २ का मतदाता र राजनितिक दल ,वडा अध्यक्ष ज्यु को यो ।
अनि रमेश दाहाले लेखेका छन् यी अहिलेका मात्र जँडिया होइनन् । विगत धेरै बर्ष देखि यीनलाई सुधार गृहमा लगेर उपचार गराउदा पनि सुधार नआएकै हो ।
अनि ओम प्रसाद तिम्सिन यस्ता वडाध्यक्ष लाई स्वत निलम्बन गर्ने कानुन बन्नु पर्ने कुरामा जोड दिन्छन् । उनलका कारण गाउँनै पुरै बद्नाम भएको उनको भनाई छ ।
नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वा्चित भएका थिए ।यस बिषयमा मेचीनगरपालिका का मेयर बिमल आचार्यले आफुलै भरखर्रै सामाजीक संजालमा देखेको बताए । भोलि नगरपालिकामा बोलाएर सम्झाउने र परिवार सहित सो वडाको जिम्मेवारी अरुलाई दिएर सुधार गृहमा पठाउन आदेश दिने बताए ।