Kanakai Online

मुस्लिम मस्जिद निर्माणका लागि हिन्दुद्धारा जग्गा दान


मङ्गलवार, भदौ ५, २०७५ |

कनकाई अनलाईन
मुसलमान समुदायको आफ्नो संस्कृति र संस्कारको संरक्षण गर्दै जाने उद्येश्यका साथ सुरुङ्गामा निर्माण कार्य सम्पन्न भएको मदिना जामे मस्जिदको शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरीएको छ ।
कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले मस्जिदको उद्घाटन गरेका हुन । मस्जिदको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले मानव समुदायमा आँउन सक्ने मतभिन्नतालाई धर्म र संस्कृतिको माध्यमवाट एक आपसमा एकताको भावना जगाउनु पर्ने तर्फ जोड दिएका छन् । नगर प्रमुख पोखरेलले विभिन्न जातजातीहरुको वसोवास रहेको कनकाई नगरमा स्थापना भएको मस्जिदलाई नगरको गहनाका रुपमा विकास गर्नु पर्ने वताएका छन् ।
उद्घाटन समारोहकै अवसरमा मस्जिद निर्माणका लागि २ धुर जमिन दान गर्ने कनकाई नगर वडा नं.३ का वडाअध्यक्ष समेत रहेका समाजसेवी रुद्रप्रसाद चिमरीयालाई दोसल्ला ओढाएर सम्मान गरीएको छ । एक हिन्दुले मुसलमानको मस्जिद निर्माण गर्न जग्गा दान गरेकोमा जिल्ला मदरसा समितिका अध्यक्ष नसरुल्लाद मुनादी, जमिअत उल्ला ए झापा अध्यक्ष एजाज अहमद अन्सारी, मुसलमानका अग्रज मौलाना उस्लाम साहव लगायतले खुशी व्यक्त गर्दै मस्जिदको संरक्षणका लागि सवै समुदायसँग सहयोगको अपिल गरेका छन् ।
कनकाई नगर वडा नं.३ मा रहेको जेसीज भवनको उत्तर तर्फ १२ धुर जमिनमा मदिना जामे मस्जिदको स्थापना गरीएको हो । कनकाई नगरको वडा नं.३ मा मात्र एक सय वढीको संख्यामा विभिन्न पेशा व्यवसाय गरी वसोवास गर्दै आएका मुस्लिम समुदायले मस्जिदमा भेला भएर हरेक शुक्रवार नवाज पढ्ने र आफ्नो नियमित वैठक संचालन गर्दै जाने वताएका छन् । कनकाईको वडा नं.४ मा समेत मुस्लीम समुदायका ५० जना वालवालिकाहरुको अध्ययनका लागि मदरसा गरीव नवाज संचालनमा रहेको मदरसाका सचिव इस्माइल आलमले वताएका छन् ।
मदिना जामे मस्जिद सुरुङ्गाका अध्यक्ष मोहम्मद् फिरोजको सभापतित्वमा सम्पन्न मस्जिद उद्घाटन समारोहमा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति देउकुमार थेवे, सम्मानित व्यक्तित्व रुद्रप्रसाद चिमरीया, नेपाल मुस्लिम संघ झापा अध्यक्ष अमिन अली सेक, जिल्ला मदरसा समिति अध्यक्ष नसरल्लाद मुनादी, मौलाना उस्लाम साहव, स्थानिय संघसंस्थाका तर्फवाट कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतले मन्तव्य राखेका थिए । एजाज अहमद अन्सारीले स्वागत गरेको कार्यक्रमको संचालन मदरसा जिल्ला सचिव सफि उल्लाह अन्सारीले गरेका थिए ।
 

सम्बन्धित खबर