कनकाई अनलाईन
झापाको कन्काई नगरपालीकामा रहेको कन्काई बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर अभिबृद्धि सन्दर्भमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको सभाहलमा भएको कार्यक्रमका वक्ताहरुले कमप्युटर शिक्षा आजको अनिबार्य आवश्यक्ता जस्तै भएकाले बिद्यार्थीहरुमा यसको प्रयोग सम्बन्धि ज्ञान अपरीहार्य रहेको बताएका थिए । त्यसका लागी हरेक बिद्यालयले यस बिषयलाई प्राथमिकता दिईनुपर्ने उनीहरुको भनाई थियो ।
उक्त अवसरमा कमप्युटर प्रयोगशालाको समेत उद्घाट्न गरीएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नंबर ४ प्रदेशसभा सदस्य हिराकुमार थापाको प्रमुख आतीथ्य रहेको थियो । कार्यक्रममा नगरपमुख राजेन्द्रकुमार पोख्रेल , नेपाली कांग्रेस जील्ला पूर्व उपसभापती देउमान थेवे , कन्काई उद्योग बाणीज्य संघका अध्यक्ष कुमारमणी पोख्रेल , वडा नं ३ का अध्यक्ष रुद्र प्रसाद चिमोरीया , कन्काई माबिका प्रधानाध्यापक निर्मकुमार खतिवडा लगायतले बोल्नु भएको थियो ।
क्याम्स प्रमुख बिकास उप्रेतीले क्यापसमा भएका गतिबिधीबारे प्रकाश पारेको कार्यक्रममा वडा नंबर ४ का अध्यक्ष गोबिन्द पौडेल , वडा नंबर ९ का अध्यक्ष प्रेम राजबंशि , सुरुङगा खानेपानीका अध्यक्ष प्रेम दाहाल , कन्काई सामुदायी बनका अध्यक्ष ख्याम ओली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टिका तिम्सीनाले गर्नुभएको थियो भने सञ्चालन प्राध्यापक तिर्थ खरेलले गर्नुभएको थियो ।