कनकाई अनलाईन
कनकाई विर्ता , अर्जुन नविकरणीय उर्जाको वातावरणीय तथा अन्य प्रभाव र उपादेयताका वारेमा उद्योग संचालन गरिने स्थान कनकाई नगरपालिका २ क्षेत्रका जनताहरुका लागि सार्वजनिक सुनुवाई गरिएको छ ।
उद्योग संचालन यसको फाइदा र यसका वारेमा थप जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल , कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यावस्थापन पव्लिक लिमिटेडका अध्यक्ष मिनाल तिम्सिना , प्रबन्ध निर्देशक दिपक चापागाँई लगायातले यस सम्बन्धमा उठेका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो । सोहि अवशरमा उद्योग नजिक्कैका जनताका लागि न्युनतम ५ हजार दरका समेत शेयर खुलाइएको जानकारी दिइएको थियो । यसपहिले संस्थापक शेयर सदस्य हुन एक सय दरका न्युनित्तम १० हजार मुल्य बरावरको शेयर खरिद गर्नेपर्ने नियम रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले यस उद्योगले नगरको आर्थिक समृद्धि मात्रै नगरेर यसबाट उत्पादिक आर्गनिक मलका कारण अवको ४ बर्षभित्र कनकाई नगरपालिका रासायनिक मल र विषादि मुक्त नगरी बन्ने दावी गर्नुभयो ।
कार्यक्रममा उद्योगका अध्यक्ष मिनाल तिम्सिनाले ५२ कठ्ठा जमिनमा यस उद्योग रहने र यस क्षेत्रका स्थानीय सबैलाई कम्तिमा उद्योगको मालिक बनाउने उद्धेश्य रहेको बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईले १५ करोडको लागतमा निर्माण हुने यस उद्योगमा ७० प्रतिशत रकम अनुदानस्वरुप प्राप्त हुने जानकारी दिनुभयो । सहभागिहरुले सोधेको प्रश्नको उत्तर समेत तिम्सिना र चापागाईले दिनुभएको थियो । सहभागिहरुले उद्योगको सरसफाइ र गन्धका वारेमा प्रश्न गर्नुभएको थियो भने उद्योगका तर्फबाट उद्योग जर्मन प्राविधिकहरु र मेशिनरी ल्याएर संचालन गरिने हुदा दुगन्ध नहुने यसले रोजगारीको समेत अवशर प्राप्त हुने बताउनुभयो । कार्यक्रम उद्योग संचालन हुने स्थानमा सम्पन्न भएको थियो । सहभागिका तर्फबाट ,भक्तबहादुर पौडेल , कुमार पौडेल , निर्मल घिमिरे, ओम कडेल , पिताम्बर पाठक लगायातले प्रश्न गर्नुभएको थियो ।