कनकाई अनलाईन
झापाको शिबसताक्षी नगरपालिकाको सवै वडाहरुलाई सडक सञ्जालसँग जोडिएको छ ।
कूल ११ वडा रहेको शिबसताक्षी नगरपालिकामा गत आर्थिक वर्ष २०७४।०७५ मा ८३ दशमलब ४७६ किलोमिटर ग्राभेल र २ दशमलब ७० मिटर कालोपत्रे र नाला निर्माण भएको छ । शिबसताक्षीमा करीब रु सोह्र करोड ४६ लाख ८७ हजार नौ सय ९७ रुपैयाको योजना सम्पन्न भएको छ । विषयगत योजना सम्पन्न पश्चायत नगरको ११ वटा वडाहरुमा सडक ग्राभेल, कालोपत्रे र नाला निर्माणले नजीकका गाउँबस्तीलाई नगरपालिकाको कार्यालय व्याङडाडासंग नजिक्याएको छ ।
वडा नं १ मा ९७८५ किलोमिटर, २ मा ४७५८।५४ किलोमिटर, ३ मा ४२२२ किलोमिटर, ४ मा ९१९३ किलोमिटर, ५ १०५४८ किलोमिटर, ६ मा ८२४१ किलोमिटर, ७ मा १५४४९ किलोमिटर, ८ मा ३६९७ किलोटिर, ९ मा ६६५८ किलोटिर, १० मा ५३२० किलोमिटर र ११ मा ५६०५ किलोमिटरसहित ८३ दशमलब ४७६।५४ किलोमिटर सडक ग्राभेल भएको छ । त्यस्तै, कालोपत्रेतर्फ वडा नं १० मा २ दशमलब ७० मिटर निर्माण कार्य पुरा भएको योजना शाखा विभागका दिनानाथ लुइटेलले बताउनुभयो ।
लुइटेलका अनुसार आर्थिक वर्ष २०७४।०७५ मा सडक ग्राभेल २८६, भवन, घेरावारा ५९, पुल, कल्भर्ट। कज्वे ४५, नदी नियन्त्रण ७३ बजार, ढल व्यवस्थापन, सिमसार ९ योजनाहरु निर्माण सम्पन्न भएको छ । त्यस्तै, यहि आर्थिक वर्षमा ३ वटा योजना सम्पन्न हुन नसकेको लुइटेलले जानकारी दिनुभयो ।
नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरपालिकाको ग्रामीण क्षेत्रमा अहिले पक्की सडक र पुलपुलेसा निर्माण हुने क्रम तिब्र भएको बताउनुभयो । नगरवाट भौतिक पूर्वाधारतर्फ पुल, कल्भर्ट, कज्वे, ढल, सडक ग्राभेल र कालापत्रे हुन थालेपछि नयाँ उद्योग र व्यवसाय स्थापना गर्ने क्रम बढ्दै जाने नगर प्रमुख शेर्माको भनाई छ । नगरपालिकाको एकीकृत शहरी विकास आयोजनासँगै सञ्चालन भइरहेका सडक ग्राभेल र सडक कालोपत्रे निर्माण कार्यक्रमले ग्रामीण भेगको दूरी क्रमशः घट्दै गएको छ ।
नगरमा सडक विस्तार योजनासँगै झिलझिलेमा नगर स्तरीय आधुनिक वसपार्क, दुधेमा प्रदेशस्तरीय खेलकुद मैदान, बाल उद्यान, पार्क, डम्पिङ साइट निर्माणमा गुरुयोजनासहितको डिपिआर गर्ने कार्य पुरा भइसकेको छ । त्यस्तै, नगरको परिचयको रुपमा रहेको पौराणिक महत्व बोकेको धार्मीक तथा पर्यटकीय क्षेत्र सतासीधाम, चिल्लागढधाम र दोमुखाको प्रर्वद्धनात्मक विकासमा योजना र बजेट विनियोजन गरिसकेको छ ।