Kanakai Online

गर्मी र वर्षासंगै शिबसताक्षी नगरपालिकामा विरामीको संख्या बढ्यो


आइतवार, भदौ ३, २०७५ |

कनकाई अनलाईन
अत्याधिक गर्मी र वर्षासंगै झापाको शिबसताक्षी नगरपालिकामा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धी समस्याले आउने विरामीको संख्या बढ्दै गइरेको छ ।
नगरपालिकाको वडा नं २ मंगलबारे बजारमा रहेको धरमपुर स्वास्थ्य चौकीका प्रमुख धनकुमार विश्वकर्मका अनुसार गर्मी र वर्षामा हुने हैजा सम्बन्धी समस्याले दैनिक ६०–७५ जना विरामीहरु आइरहेका छन् ।
उहाले स्वास्थ्य चौकीमा प्रेसर, सुगर र दम लगायतका समस्याले आउने विरामीहरुको संख्या पनि उतिकै रहेको बताउनुभयो । यस्ता खालका नसर्ने रोगहरु आदीवासी, जनजाति र सन्थाल समुदायमा यस्तो समस्याहरु आउने गरेको समेत विश्वकर्मले बताउनुभयो । आदिवाशी समुदायमा रोग लागेपछि बढी मात्रमा धामी र झाँक्रीको भरमा गाउँमा बस्ने गरेकोले समेत जटिल समस्या बन्दै गएको बताउनुभयो ।
सरसफाईमा ध्यान नदिनु, स्वास्थ्य खानपान अनि सो संम्बन्धी आवश्यक चेतना नहुनु र गरिवीको कारण शारिरिक अनि मानसिक तवरले आराम गर्न नपाउने हुदा समेत यस क्षेत्रमा यसप्रकारका रोग देखिने गरेको छ ।
त्यस्तै, शिबसताक्षी–८ झिलभिलेस्थित रहेको सतासीधाम स्वास्थ्य चौकीका प्रमुख सञ्जय ठकुरीका अनुसार केहि दिन यता विरामीको संख्यामा बृद्धि भएको छ । ठकुरीले स्वास्थ्य चौकीमा आउने अधिकास विरामीमा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धीका समस्याहरु लिएर आइरहेको बताउनुभयो । गर्मी र वर्षामा पिउने पानीका कारण समेत थप रोगहरु थपिएको ठकुरीले बताउनुभयो । केटाकेटी देखी युवा र बृद्धबद्धाहरुलाई छाला सम्बन्धी लुतो, दाद र खटिराहरु आउने गरेकोले स्वच्छ अनि शुद्ध पिउने पानि पिउनु र स्नान गर्दा समेत प्रयोग गरिनुपर्र्ने ठकुरीको भनाई छ ।
यता, नगरपालिकाको दक्षिणी वडा नं ४ जनता बजारमा रहेको पाँचगाछी स्वास्थ्य चौकीका प्रमुख श्यामप्रसाद मेहताले पनि गर्मी र वर्षामा हुने हैजा संम्बन्धी समस्याले स्वास्थ्य चौकीमा आउने विरामीहरुको चाप बढ्दै गइरहेको बताउनुभयो । मेहताका अनुसार साविक पाँचगाछी गाविसमा आदीवासी र जनजाति समुदायको जनघनत्व रहेको क्षेत्र भएकोले गर्मी र वर्षामा हुने समस्याहरु अत्याधिक बढ्ने गरेको भनाइ छ । स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएकोले विरामीहरुको रगत, दिशा, पिसाव र खकार परिक्षण गर्न सहज भएकाले समेत वढी रोगहरुको पहिचान हुनसकेको मेहताले बताउनुभयो ।
४ वटा गाविस समायोजन गरेर निर्माण भएको शिबसताक्षी नगरपालिमा हालः ११ वटा वडाहरु छन् । साविक धरमपुर, पाँगाछी र सतासीधाम स्वास्थ्य चौकी र शिबगञ्जमा प्राथमिक स्वास्थ्य केन्द्र छ भने वडा नं ९ र १० मा सहरी स्वास्थ्य संस्था रहेको छ ।
 

सम्बन्धित खबर