Kanakai Online

बालुवारीमा निशुल्क आखा स्वास्थ्य शिविर


आइतवार, भदौ ३, २०७५ |

कनकाई अनलाईन
काँकडभिट्टा आइकेयरको आयोजना तथा आफ्ना पति लालबहादुर कार्कीको स्मृति पत्नी मायादेवि कार्कीले प्रायोजन गरेको एकदिने निशुल्क आखाँ शिविरमा ३ सय ८४ जनाको निशुल्क आखा जाच गरिएको छ ।
झापाको दुर्गम गाउँ बालुवाडी स्थित अरुनी इङलिस स्कुल बालुवाडीमा हिजो आयोजित सो निशुल्क आखा शिविरमा १७९ जना पुरुष र २०५ जना महिलाको निशुल्क आखा जाँच गरिएको स्थानीय समाजसेवी तथा कार्यक्रममा संचालकसमेत रहनुभएका युवा भक्त शंकरले जानकारी दिनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तीलबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि वर्डानम्बर ७ का वडाअध्यक्ष भरत राजवंशी रहनुभएको थियो । कार्यक्रममा वार्डसदस्यहरु लक्ष्मी सुब्बा , मोहन खबास साथै काँकडभिट्टा आइकेयरका विष्णुकुमार चौधरी , विद्यालय व्यावस्थापन समितिका उपाध्यक्ष टेकनारायण राजबंशी , सचिव ओलोवती राजवंशी , पाथिभरा सामुदायिक वनका अध्यक्ष देवि लोवा , इलाका प्रहरी कार्यालय बनियानीका प्रमुख उदय सम्शेर जवरा , जेष्ठ नागरिक समाजका अध्यक्ष धर्मप्रसाद खरेल लगायातको आथित्यता रहेको थियो ।
शिविरमा संहभागिमध्ये ११ जनामा मोतीयाबिन्दुको समस्या भेटिएकाले थप उपचारकका लागि अन्यत्र लगिएको छ । शिविरमा डाक्टरहरु विष्णुकुमार चौधरी , ज्योती शर्मा , सविता राजवंशी , राजीव खतिवडा , विशाल राजवंशी , एलिसा भट्टराई , लोकनाथ गौतम र रितबहादुर तामाङको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित खबर