कनकाई अनलाईन
पुर्वाञ्चल लागु औषध सरोकार समाज दमकले लागुऔषध दुव्र्यशनी रोकथाम विरुद्ध सचेता मुलक कार्यक्रम सम्पन्न गरेको छ । झापा स्थित कनकाई नगरपालिका वडा नं। ९ को कार्यलयमा शनिवार कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विभिन्न वडा कार्यलय तथा संघस्थाका पधादिकारीहरु , वुद्धिजिवि , प्रहरी , अगुवा , पत्रकार साथै विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र दुव्र्यशनीमा फस्न लागेका र फसेका साथै अन्य युवाहरुलाई भेला गरी कार्यक्रम आयोजना गरिएको पुर्वाञ्चल लागु औषध सरोकार समाजका अध्यक्ष राज श्रेष्ठले जानकारी दिए ।
वडा नं। ९ का अध्यक्ष प्रेम राजवंशिले कार्यक्रममा बोल्दै “लागु औषध एक दुव्र्यशनी मात्र नभएर यो एउटा प्राण घातक रोग भएको धारण व्यक्त गर्नु भयो । उहाले लागु औषध दुव्र्यशनी विरुद्ध सबै कर्तव्यवान नागरिकहरु एक साथ डटेर लाग्न समेत अपिल गर्नुभयो ।” यस्तै वक्ता दिव्याशोरा उप्रतीले “लागु औषध रोकथाम का लागि जिम्मेवार प्रहरी लाग्नु पर्ने र यस्मा स्थानियहरुको असिमित सहयोग रहने बताउनु भयो । उहाले हामी नागरिकहरुले समाझायो भने उल्टै मारौला कि काटौला झै गर्छन , सरकारवालाहरुले थोरै मात्र यस विषयमा चासो देखाएमा हामी कम्मर कसेर लाग्ने छौ तर एक्लौटि जो कोहिलाई पनि यस्को न्यूनिकरणको लागि गाह्रो पर्ने धारणा व्यक्त गनुभयो ।”
पछिल्लो समय लागु औषध दुव्र्यशनीमा युवा मात्र नभएर महिला , वालबालिका साथै वृद्ध वृद्धाहरु पनि फस्ने गरेको र यस्को रोकथाम अनिवार्य रहेको धारणा अन्य वक्ताहरुले राखेका थिए । कार्यक्रमा विषयवस्तुमाथि केन्द्रित रहेर तयार पारिएको ‘चर्चा’ चलचित्र समेत प्र्रस्तुत गरिएको थियो । पुर्वाञ्चल लागु औषध सरोकार समाज दमकले यस्ता सचेतना मुलक कार्यक्रम पुर्वका विभिन्न जिल्लाहरुमा गर्दै आएको र विशेष गरेर युवाहरुमा यो कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।