मनोज बस्नेत
कनकाई । नगरपालिका वाट भएको कर वृद्धिको विरोधमा नेपाली कांग्रेस कनकाई नगर समितिले नगपालिका मेरलाई ज्ञापनपत्र पेश गरेको छ ।नगरपलिकाले जनताको ढाड सेकिने गरी कर वृद्धि गरेको भन्दै अविलम्व कर वृद्धि घटाउने सहितका विभिन्न १३ बुदे ज्ञापनपत्र कनकाई कांग्रेसले नगर प्रमुख राजेन्द्र पोखरेल समक्ष पेश गरेको हो ।
बुधबार नगर सभापती नेत्रप्रसाद चिमरियाको नेतृत्वमा विभिन्न भातृ संघठनका प्रतिनिधि सहतिको सहभागितामा नगरप्रमुखको कार्यकक्षमै गएर ज्ञापन पत्रध पेश परिएको हो ।
ज्ञापनपत्रमा सम्पति कर र भुमीकर मालपोत लिनु पर्नेमा एकिकृत सम्पति करका नाममा सम्पतिको मुल्याकन बढाको तथा घरको मूल्यकनमा ३३.३३ प्रतिशत र जग्गाको मूल्याङ्कन २३३ प्रतिशत सम्म बृदि गरी कर निर्धारण गरिएको जनाईको छ । यस्तै जग्गाको वर्र्गीकरण अनुसार भूमिकर (मालपोत) लिनु पर्नेमा खेतीयोग्य जमिनमा पनि कृषकको ढाड भाच्नेगरी सम्पति कर लगाएको पनि उल्लेख छ । उक्त कर तत्काल खारेज गरी भूमिकर निर्धारण गर्न कांग्रेसको ज्ञापन पत्रमा माग गरिएको छ ।
केन्दिय सरकारको नीति अनुसार यातायत कार्यालयमा तिर्नु पर्ने सवारी कर नगरपालिकमा समेत तिर्नु पनेै भएकाले दोहोरो कर खारिजको बुधबार पेश गरिएको ज्ञापनपत्रमा गरिएको छ । अवैज्ञानिक र अब्यवहारिक तरिकाले ५ सय प्रतिशत सम्म बृद्धि गरेको ब्यवसायिक कर, आय प्रमाणित, चौहदी प्रमाणित, मोही लगत कट सिफरिस, घरबाटो सिफारिस, लगायतका अन्य करहरु पुननिर्धारण गरी घटाउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
नगर प्रमुखलाई बुझाईको ज्ञापनपत्रमा सहकारीलाई लगाएको कर, वडाहरुमा हुने बजेट बिनियोजनमा देखिएको असमानाता, विकास निर्माण कार्यका लागि उपभोक्ता समिति गठन बिधि अनुसार हुनु पर्ने, सामुदायिक वनबाट उपभोक्ताले पाउने सुविधाको सम्बन्धी कर, सहज नक्सा पासको ब्यवस्था, स्थानिय भवन निर्माणकर्मीलाई लगाइएको कर घटाउनु पर्ने सहितका १३ वटा बुदा समेटिएको छ ।
ज्ञापनत्रप बुभ्mदै नगर प्रमुख राजेन्द्र पोखरेलले नेपाली काँग्रेस कनकाईले बुझाएको १३ बुँदे ज्ञापनपत्र प्रति आफु सकारात्म रहेको उल्लेख गर्नु भएको थियो । आपसी सहमति र छलफलबाट आगामी दिनमा कर निर्धारण लगायतका अन्य कार्य गर्नका लागि पनि आफु सकारात्मक रहेको पोखरेलले बताउनु भयो । पोखरेलले नगरपालिकाबाट हुने सबै कार्य बिज्ञ सम्मीलित टोलीबाट नहुन पनि सक्ने भएका कारण कुनै कार्यमा त्रुटि भएको खण्डमा यसलाई संच्याएर लैजाने प्रतिद्धता ब्यक्त गर्नु भएको थियो ।