Kanakai Online

कनकाईमा दुइ वडाअध्यक्षद्धारा सुविधाको मोटरसाईकल फिर्ता


आइतवार, साउन २७, २०७५ |

कनकाई अनलाईन ।
कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया र २ का वार्डअध्यक्ष परशुराम गिरीले आफुले सुविधामा पाएको एक एक थान मोटरसाईकल नलिने घोषणा गर्नुभएको हो । जनता अझैपनि साइकलमा चढ्ने हैसियतमा नपुरहेका वेला आफुहरुले मात्रै मोटरसाइकल चढ्नु बेठिक रहेको भन्दै आफुहरुले मोटरसाइकल नलिने निर्णय गरेको वार्डनम्बर २ का वार्डअध्यक्ष परशुराम गिरीले बताउनुभयो । आफुहरुसग पुरानै भएपनि मोटरसाइकल साथमा रहेकोले सो रमक अन्य विकास निर्माणमा लगाउने भन्दै सुविधाको मोटरसाइकल नलिएको वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र कार्कीले हामीलाई पटक पटक फोन गरेर कति सिसिको कुन ब्राण्डको कस्तो रङ्गको मोटरसाइकल चढ्ने भनेर फोन गर्नुभयो हामी दुबै सगै थियौ । हामीले पनि पालैपालो राजीखुसीले सुविधाको मोटरसाइकल नचढ्ने सो रकम विकास निर्माणमा विनियोजन गर्यौ भनिदियौ दुबै वार्डअध्यक्षले भन्नुभयो । संयोग दुबै वार्डअध्यक्षको कार्यकक्ष समेत एउटै कोठा रहेको छ । आफुहरुले मोटरसाइकल नलिने घोषणा गरेको पछि प्रमुख प्रशासकिय अधिकृत कार्कीले बोर्ड बैठकमा सुनाउनुभएको थियो ।
झापा जिल्लामा यस अघि शिवसताक्षीका एक वार्डअध्यक्षले समेत आफुले सुविधामा पाएको मोटरसाइकल फिर्ता गर्नुभएको थियो । सित्तैमा पाएको भनेपछि अलकत्रापनि नछाड्ने यस जमानामा कनकाई नगरपालिकाका यी दुइ वार्डअध्यक्षले सुविधा स्वरुप पाएको मोटरसाईकल समेत फिर्ता गरेपछि परिवर्तन आफैबाट सुरु भएको भन्दै कार्यको उच्च मुयाङ्गकन भएको छ । यसैविच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले समेत विदाको अवस्थामा तथा कतिपय अरुनै बेलामा समेत सार्वजनिक विकास निर्माण लगायातका कार्यमा सरकारी गाडी प्रयोग नगरिकन आफ्नै निजि गाडीको प्रयोग गर्दै आउनुभएको छ । अन्य नगरपालिकाका प्रमुख समेत विदाका दिन समेत सार्वजनिक गाडीको दुरुपयोग गरिरहेको खबर आइरहेको वेला कनकाई नगरपालिकाका नगरप्रमुख पोखरेलले भने आफ्नै निजि गाडीको प्रयोगलाई प्राथमिकता दिदै आउनुभएको छ ।
तस्वीर ः कार्यकक्षमा वार्डअध्यक्ष गिरी र चिमरिया