कनकाई अनलाईन
तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै तेस्रो सामुदायिक वन दिवश मनाइएको छ । सामुदायिक वनको आयोजनामा तीन दिने विविध कार्यक्रमका विच मनाइएको छ ।
वन क्षेत्रभित्र करिव ४ विगाह क्षेत्रभित्र विभिन्न जडिबुटीजन्य वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यमा प्रदेशसभा सदस्य हिराकुमार , सेक्टर वन कार्यालय सुरुङ्गाका प्रमुख ओमनाथ भट्टराई लगायातको सहभागिता रहेको थियो । वन समुहले काठ दाउरामात्रै नभएर जडीबुटीको विक्रीबाट समेत आयआर्जन गर्न सकिने भन्दै वृक्षरोपण गरिएको वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो ।
कनकाई ४ लक्ष्मीटोल क्षेत्रका नवजागृति परिवारका उपभोक्ताहरुबाट सो खाली जमिनमा विरुवा रोपिएको हो । वृक्षारोपण कार्यका संयोजक रामप्रसाद बेडारीको संयोजकत्वमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण पहिले आयोजित कार्यक्रममा सहभागि अतिथिहरुले तराई क्षेत्रकै पहिलो सामुदायिक वनले देशका अन्य सामुदायिक वनलाई समेत शिक्षा र वन विकासमा समेत अग्रणी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाका वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौडेल , ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया , सामुदायिक वन समुकी सल्लाहकार कविता बस्नेत , वन समुहकी सचिव मान्ता खरेल , उपाध्यक्ष ललितबहादुर कार्की लगायतातले मन्तव्य राख्नुभएको थियो । सो वन क्षेत्रमा रोपिएको विरुवालाई हुर्काएर वनस्पति संगाहलय बनाइने वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो ।