कनकाई अनलाईन ।
कनकाई नगरपालिका र यसको दोमुखा क्षेत्र काठचोरी निकासीका लागि प्रमुख केन्द्र बनेको छ ।
एकसाताभित्र मात्रै यस क्षेत्रमा २०० क्यफिट साखु जातका काठ र काठ चोरीमा संग्लन ५ जनालाई सामुदायिक वनका पदाधिकारी इलाका प्रहरी कार्यालय सुरुङ्गा र सेक्टर वन कार्यालय सुरुङ्गाको शसस्त्र वन गस्ती टोलीले मान्छे र सो परिणामको काठ समेत पक्राउ गरेपछि सुरुङ्गा क्षेत्रमा लामो समयदेखिको काठ चोरी तस्करी कम हुनका साटो बढेको पाइएको हो । यस क्षेत्रमा पछिल्लो समय शुक्रवार विहानको समयमा कनकाई माइको वारीपट्टि धनुषकोटीधाम क्षेत्रमा विहान ५ बजे खोलामै ४९ . ३८ क्युफिट साखु जातको फेन्टा फेला परेको हो । सुकेडागी सामुदायिक वन समुहका पदाधिकारी सहितको गस्ती टोली र सेक्टर वन कार्यालय सुरुङ्गाको सशस्त्र हतियारधारी गस्ती टोलीले सो परिणामको काठ बरामद गरिएको हो । पक्राउ गरिएको सो काठ चलनचल्तीको बजार मुल्य अनुसार ३ लाख रुपैँया बरावरको भएको वताइएको छ ।
यसैविच यसैसाता समेत सोहि सामुदायिक वन समुहले विभिन्न समयमा १ सय ५० क्युफिट साखु जातको काठ सोही ठाउँमा बरामद गरि सामुदायिक वनको घाटगद्धीमा राखेको सुकेडाँगी सामुदायिक वन समुहका अध्यक्ष भक्तबहादुर पौडेलले बताउनुभयो । यता कनकाई माइको पुलमुनिबाट समेत काठसहित स्थानीय ५ युवालाई पक्राउ गरि आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय झापा बुझाएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख गोकर्ण कार्कीले बताउनुभयो । कनकाई माइको पानीको वहावसगै इलामका विभिन्न सामुदायिक वन क्षेत्रबाट कटान गरिएका साखुजातका रुखहरु फेन्टा बनाएर झापा हुदै भारतका बजारमा दैनिक सयौ क्युफिट काठ आउने गरेको छ । काठ पक्राउ गरेवापत प्रहरी र स्थानीय उपभोक्ता समुहले समेत राम्रो पुरस्कार पाउदै आएका छन । तर प्रहरी र सामुदायिक वन समुहकै गस्ती टोलीभित्र समेत काठ चोरीमा संग्लनहरुले राम्रो पारिश्रमिक दिएर सुराक समेत खटाउने हुदा जम्मा चोरी पैठारी हुने काठको नगन्य मात्रमा मात्रै काठ बरामद हुदै आएको छ ।
तर यस पटक भने काठ चोरीमा संग्लनहरुलाई समेत इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले पक्राउ गरेपछि काठ चोरी तस्करीमा संग्लन र यसैलाई पेशा बनाउनेहरुको मुटुमा ढ्याङ्गो बजेको जानकारहरु बताउछन । माइ खोलामा बगाएर ल्याएको काठ झापाका काष्ठ फनिचर तथा भारतीय बजारमा समेत निर्यात हुदै आएको छ । नेपालबाट भारतीय बजारमा अवैध रुपमा तस्करी निर्यात हुनेमा काठ र गाइगोरु र र काचो सुन रहेको प्रहरीकै जिम्मेवार कर्मचारीले बताएका छन ।
तस्वीर ः दोमुखा क्षेत्रमा बरामद काठ÷ लीलाराज झापाली