Kanakai Online

एनएमसीका बजार प्रतिनिधि वेपत्ता


आइतवार, साउन १३, २०७५ |

कनकाई अनलाईन
बिर्तामोड, १३ साउन । नेपाल बहुउद्देशीय सहकारी संस्था एनएमसी का बजार प्रतिनिधि तेजु बराल चार दिनदेखि बेपत्ता भएका छन् । उनका बुबा दुर्गा बरालले साउन ९ गतेबाट छोरा बेपत्ता भएको जानकारी दिए । उनले छोरा सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यलय अनारमनीमा निवेदन गरेका छन् ।
अर्जुनधारा– डाडाँगाउँका २८ वर्षीय बराल एनएमसीमा विगत पाँच वर्षदेखि कार्यरत रहेका छन् । गत बुधबार विहान विर्तामोडमा तिन ठाउँमा बचत संकलन गरेपछि सम्पर्कमा नरहेको परिवारिक स्रोतको भनाई छ ।
इलाका प्रहरी कार्यलय अनारमनी र भन्सार कार्यलय काकरभिट्टाको सीसी क्यामरामा उनलाई देखिएको भनाई छ । इप्रकाको सीसी क्यामरामा पूर्व गएको र सोहि दिन ११ बजेर ४८ मिनेटमा काँकरभिट्टाबाट पूर्व अर्थात भारत तर्फ लागेको देखिएको उनका बुबा दुर्गा बरालले जानकारी दिए । उनले हिडेको दिन एनएमसीमा रहेको आफ्नै खाताबाट चारआलीस्थित शाखाबाट २५ हजार रकम निकालेको बुझिएको छ । परिवारका अनुसार सबैसँग राम्रो सम्बन्ध राख्ने उनी वेपत्ताबारे केहि शंका गर्ने ठाँउ समेत नरहेको भनाई छ ।
संस्थाका वरिष्ठ प्रवन्धक सुर्य मैनालीले खोजीका लागि इप्रका अनारमनीमा संस्थागत रुपमा समेत निवेदन गरिएको बताए । उनले आफुहरु खोजीका लागि कानुन बमोजि लागि परेको बताए ।
यता,इलाका प्रहरी कार्यलय अनारमनीले उनको खोजीलाई तिब्र बनाइएको जनाएको छ । वेपत्ता भएका व्यक्तिको लोकेशन हेर्ने काम भइरहेको एक प्रहरी अधिकृतले बताएका छन् ।