Kanakai Online

कनकाईको शिव पांचायान मन्दिर अध्यक्षमा राम न्यौपाने


शनिवार, साउन १२, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा , साउन १२ गते । झापाको कनकाई नगरपालिका ३ नमुना टोलस्थित शिव पांञ्चायान मन्दिर तथा सामुदायिक भवनको अध्यक्षमा समाजसेवी रामकुमार न्यौपाने चयन हुनु भएको छ ।
आज शनिवार भएको मन्दिर समितिको दोस्रो साधरणसभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय मन्दिर तथा सामुदायिक भवन व्यावस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा डिल्ली बुडाथोकी र इन्दिरा वाग्ले , सचिवमा दुर्गा उप्रेती सहसचिवमा निता राई , कोषाध्यक्षमा जयप्रसाद ढकाल र सदस्यहरुमा चम्पा थपलिया , यसोदा भेट्वाल , टंकबहादुर बस्नेत , गोपाल बिष्ट , लीलाराम कार्की , थीर बहादुर मल्ल र परशुराम कार्की रहनुभएको छ । यसैगरि सास्कृतिक संयोजकमा हिमाल विष्ट र सल्लाहकार संयोजकमा लक्ष्मी भेट्वाल रहनुभएको छ ।
नवनिर्वाचित समितिलाई कोटीहवन धार्मिक विकास संस्थाका उपाध्यक्ष नारायण प्रसाद पोखरेल , ज्ञानज्योती युवा क्लवका पुर्वअध्यक्ष ज्योतीकुमार उप्रेती , कलाकार तथा दाता हिम्मत नेम्बाङ्ग , दुर्गा उप्रेती , पुर्वअध्यक्ष चन्द्रबहादुर कार्की , गंगाकुमार श्रेष्ठ लगायातले नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्नुभएको थियो । शिव पांचायान मन्दिर र निर्माणाधिन सामाजिक भवनलाई सबैको सहयोगबाट पुरा गरिछाड्ने अध्यक्ष न्यौपानेले प्रतिवद्धता जनाउनुभयो ।

सम्बन्धित खबर