Kanakai Online

कनकाईका तारा सुवेदीको उपचारका लागि एक लाख जुट्यो


बिहिवार, साउन १०, २०७५ |

कनकाई अनलाईन
क्यान्सर रोगका कारण खर्च अभावमा ३५ बर्षे उमेरमै जिवन मरणसग पौठेजोरी खेलीरहेको झापा कनकाई नगरपालिका ५ विहानीटोलका तारा सुवेदीलाई देश तथा विदेशका सहयोगी नेपाली दाजुभाइले सहयोग गर्नुभएको छ ।
न्ेपाली चार लाख मात्रै जुट्दा सुवेदीको जिवन बाच्ने उपचारमा संग्लन स्थानीयवाशी दिनेश मैनालीले बताउनुभएको छ । सुवेदीको उपचारका लागि आर्थिक सहयोगका लागि मैनालीको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । समितिले यहि असार १३ गतेदेखि साउन ७ गतेसम्मको करिव १ महिनाको अवधिमा करिव १ लाख रुपैँया संकलन गरिसकेको छ । सुवेदीको जिवनरक्षाका लागि आर्थिक सहयोग गर्नेहरुमा
१, बजरङ वलि किर्तन मंडली सुरुङ्गा रु ३०००
२, बिहानी सेवा समाज सुरुङ्गा रु ३०००
३, हरि सुबेदि सुरुङ्गा रु २००० ।
४,याम फुयाल १०००
५,भोला खड्का १०००
६,दिनेश मैनाली १००० ।
७,पदम सेलवाल १०००
८,नबराज सिवाकोटी १०००
९, मोहन कुमार प्रसाईं १०००
१०,चन्द प्र संङरौला।१०००
११,साबित्रा सुब्बा ।६००
१२, तारा सुवेदी।५००
१३,जीवन प्रसाईं।५००
१४, गोपाल कंडेल ।५००
१५,इन्द्र बा बिष्ट ।५००
१६ लालपानी माध्यामिक बिधालय ।५०००
१७ बालकृष्ण प्रसाईं१०००
१८ चन्द्र प्र सङंरौला।५००
१९ यामनाथ बिमली।३००
२० शर्मिला श्रेष्ठ ।२००
२१ रबिन सुवेदी।१०००
२२ मनोज शिवाकोटी ।१०००
२३ धिराज लिम्बू ।५००
२४ उमेस मैनाली ।५००
२५ युबराज कंडेल ।३०००
२६ डम्बर फुयाल ।१०००
२७ गौरिलाल श्रेष्ठ ।२०००
२८ दामोदर पौडेल ।१०१०
२९ नन्दलाल भेटवाल।१००५
३० तुलसा कटटेल।१००००
इजरायलबाट आएको सयोग मा
३१ सन्तोश सिवाकोटी ।५०००
३२ आत्म देव अधिकारि।३०००
३३ कोपिला कार्की ।१००००
३४ कविता बिमली, सन्जु पाठक, उषा प्रसाईं सिवाकोटीको तर्फबाट सयुक्त रूपमा १००४ नेपाली रुपियाँ लगभग १०७००
३५ नगेन्द्र सुवेदी ।१०००
३६ दिनेस उप्रेती ।१०००
३७ दिपक उप्रेती ।१०००
३८ प्रदीप उप्रेती ।१०००
३९ जीवन ढकाल ।१०००
४० प्रबिन चम्लागाइ ।३०००
४१, लालबहादुर खड्का ।२५०
४२, सुराइ मुर्मु ।१०५
४३, अमर ब पाँचकोटि।१०५
४४) सुसिला मल्ल १०००
४५  पुस्पराज संङ्रौला ५००० रहेको छ ।
४६)पदमप्रसाद भण्डारी १०१० रहेको र
सहयोग आउनेक्रम जारी रहेको संयोज मैनालीले बताउनुभयो ।
हड्डीको ट्युमर भइ उपचाररत् झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तारा सुबेदीले खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ ।
७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फर्कनुपरेको सुवेदी बताउनुुहुन्छ । उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि रोगी आफुलाई नेपाल पठाइदिएको गुनासो सुवेदीले गर्नुभयो । त्यसवेला पनि सुवेदीले आफुसग भएको ७ लाख रुपैँया खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको बताउने सुवेदीको विराम हाल आएर पुन बल्झिएपछि थप समस्यामा पर्नुभएको छ ।त्यसवेला समेत खर्च अभावले ३ वटा केमु चढाउनुपर्नेमा एउटामात्रै चढाएकोले ७ बर्षपछि रोग बल्झिएको सुवेदीले बताउनुभयो । हाल भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि ४ लाख रुपैँया लाग्ने भएपछि आफुसग भएको सबै जायजेथा पहिलेनै उपचारका लागि सकिसकेका सुवेदीले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । एक १२ बर्षिय छोरा र ७ बर्षिय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेविले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आउनुभएको छ । सम्पतिको नाममा सानो घरमात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै दे्श विदेशमा रहनुहुने नेपालीहरुसग अनुरोध गरेको छ । सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तारा सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल , भोला खड्का र रामबहादुर बुडाथोकी रहनुभएको छ ।
सहयोग समितिले सहयोगका लागि फेसबुकबाट मद्धत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ । उहाँलाई सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ म रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।