कनकाई अनलाईन
शनिश्चरे , साउन ८ गते । झापा अर्जुनधारा नगरपालिका ९ शनिश्चरेका ३८ बर्षिय युवा योगेन्द्र बस्नेतको बैदेशिक रोजगारीको क्रममा कतारमा निधन भएको छ ।
कतारको डेल्टा कम्पनीमा विगत १२ बर्षदेखि रोजगारीमा रहनुभएका बस्नेतको गत असार ३२ गते सोबवार विहान ८ ः ३० बजे अफिसमा काम गरिरहेको वेला अचानाक ह्रदयघातका कारण निधन भएको हो ।
उहाँको पार्थिक शरिरलाई एकसाता पछि मंगलबार कनकाई माइमा दाहसत्कार गरिएको छ । उहाको श्रीमती सावित्रा शिवाकोटी बस्नेत र ६ बर्षिय छोरी आराध्य र डेढ बर्षिय छोरा आरम्भ रहेका छन । शिवाकोटी पछिल्लो समय डेढ बर्ष अघिमात्रै छुट्टिमा घर आएर रोजगारीमा फर्कनुभएको थियो ।