Kanakai Online

मदन भण्डारीको हत्याको विरोधमा मारिएका गौतमको स्मृतिमा रक्तदान


शुक्रवार, साउन ४, २०७५ |

लीलाराज झापाली
तत्कालिन एमालेका महासचिव तथा लोकप्रिय नेता मदन भण्डारी तथा अर्का नेता जिवनाथ आश्रितको रहस्यमय मृत्युको विरोधमा निस्किदा झापा दमकमा प्रहरीको गो्ली प्रहारबाट मारिनुभएका मजदुर नेता डिल्ली गौतमको २५ औस्मृति दिवशमा उहाको गृहनगर कनकाई नगरपालिका सुरुङ्गामा रक्तदान र विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

 
 
डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा यस वर्षको एसइइ परिक्षामा सामेल भइ ए प्लस नतिजा ल्याउन सफल कनकाई नगरपालिका क्षेत्रभित्रका १७ जना विद्यार्थीलाई जनहि नगद १ हजार सहित प्रदेश सरकारका संघिय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गर्नुभयो । रक्तदानमा १० महिला सहित ६९ जनाले रक्तदान गरेका थिए । सम्मान तथाकार्यक्रममा बोल्दै मन्त्री कार्कीले स्वर्गिय डिल्ली गौतम आजसम्म पनि पार्टीको मात्रै शहिद भएकाले राज्यकै तर्फबाट शहिद घोषणा गर्न प्रक्रिया अगाडि वढाइसकेको जानकारी दिनुभयो ।
उहाँले लामो समयदेखि राज्यको शासन व्यावस्थामा सामेल कांग्रेस सरकार वाहिर रहनुपर्दा कहिले डाक्टर गोविन्द केसीको वहानामा त कहिले अन्य वहानामा दुइ तिहाइको सरकारलाई असफल बनाउनका लागि असफल प्रयास गरीरहेको आरोप लगाउनुभयो । उहाँले अवका २ बर्षमै राज्यले निएको आर्थिक समृद्धिको बाटोमा मुलुकलाई पुर्याइछाड्ने बताउनुयो ।
कार्यक्रममा डिल्ली गौतमकी आमा पुण्यवती गौतमलाई समेत सम्मानित गरिएको थियो ।प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्वमा आयोजित कार्याक्रममा प्रदेशसभा सांसद हिराकुमार थापा , कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाई , कनकाई नगरपालिकाका वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौड्याल , गौतमका समकालिन मित्र टिका जम्मरकट्टेल , ख्याम सिटौला , दुर्गा प्रसाई , ओम पाठक लगायातले नेता गौतमको सामाजिक योगदानका वारेमा बोल्नुभएको थियो । मृतक गौतमकी श्रीमती देवका र १ छोरा र १ छोरी रहेका छन । २०५० साल जेठ ४ गते तत्कालिन एमाले पार्टीका महासचिव भण्डारी र नेता आश्रितको मृत्यु भएपछि घटनाको सत्यतथ्य छानविन र दोषीलाई कार्वाहीको माग गर्दै विरोधमा उत्रिएका गौतमको २०५० साल साउन ४ गते दमकमा प्रहरीको गोली हानि हत्या गरेको थियो । त्यस समयदेखिनै राज्यले मदन भण्डारीको हत्यारालाई सार्वजनिक गर्न पनि नसकेको तथा त्यस वेलाको विरोध प्रदर्शनका बेला प्रहरीको गोली लागेर मारिएका गौतमलाई समेत शहिद घोषणा गर्न नसकेको भन्दै पिडित परिवारले गुनासो समेत गरेको छ ।
तस्वीर ः रक्तदान गदै , गौतमकी आमा र एसइइ परिक्षमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गर्दै मन्त्री कार्की लीलाराज झापाली

सम्बन्धित खबर