झापाली लीलाराज
सुरुङ्गा साउन ३ गते । हड्डीको ट्युमर भइ उपचाररत् झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तीर्थ सुबेदीले खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ ।
७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फर्कनुपरेको सुवेदी बताउनुुहुन्छ । उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि रोगी आफुलाई नेपाल पठाइदिएको गुनासो सुवेदीले गर्नुभयो । त्यसवेला पनि सुवेदीले आफुसग भएको ७ लाख रुपैँया खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको बताउने सुवेदीको विराम हाल आएर पुन बल्झिएपछि थप समस्यामा पर्नुभएको छ ।
त्यसवेला समेत खर्च अभावले ३ वटा केमु चढाउनुपर्नेमा एउटामात्रै चढाएकोले ७ बर्षपछि रोग बल्झिएको सुवेदीले बताउनुभयो । हाल भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि ४ लाख रुपैँया लाग्ने भएपछि आफुसग भएको सबै जायजेथा पहिलेनै उपचारका लागि सकिसकेका सुवेदीले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । एक १२ बर्षिय छोरा र ७ बर्षिय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेविले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आउनुभएको छ । सम्पतिको नाममा सानो घरमात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै दे्श विदेशमा रहनुहुने नेपालीहरुसग अनुरोध गरेको छ । सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तारा सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल , भोला खड्का र रामबहादुर बुडाथोकी रहनुभएको छ ।
सहयोग समितिले सहयोगका लागि फेसबुकबाट मद्धत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ । उहाँलाई सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा रहेको सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ म रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।