कनकाई अनलाईन ।
साविक घैलाडुब्बा गाविस हुदा सधै उपे्रक्षामा रहने गरेको कनकाई नगरपालिका ८ नम्बरमा रहेको सितलीमार्गस्थित यस क्षेत्रकै पुरानो बाटोको स्तर उन्नति भएपछि गाउँलेलाई आवगमनमा सहजता भएको छ ।
यस आर्थिक बर्ष २०७५÷७६ मा कनकाई ८ शितलचौक दक्षिण हुदै टेकनारायणबाढी जाने बाटो उत्तरको बाटो स्तर उन्नति गरिएपछि यस क्षेत्रका स्थानीय वासीले बाटोमा बर्खाको बेला हिड्दा जुक्ता चप्पल खोल्नु परेन भने बजार भर्न जादा आउदा कपडा हिलाम्मे भएर कपडा फेर्नु पने बाध्यताबाट समेत मुक्ति पाएका छन । स्थानीयवाशी तथा नेपाल कम्युनिष्ट पार्टीका पुराना नेता समेत रहनुभएका गोपाल चुडाल यस बाटोमा बजेट निनियोजनका लागि गाउँलेले लामो समय कुर्नुपरेको अनुभव सुनाउनुहुन्छ । कनकाई नगरपालिकाले यस आर्थिक बर्षमा १० लाख रुपैँया बाटोको स्तर उन्नतिका लागि बजेट विनियोजित गरेपछि बाटोले स्वरुप फेरेको हो । स्थानीयवाशीबाट २ लाख रुपैँया रकम संकलन तथा कनकाई नगरपालिका ८ नम्बर वार्डबाट समेत थप २ लाख रुपैँया सहयोग गरेपछि १४ लाखको लागतमा सो ३ किलोमिटर सड्क क्षेत्रमा स्तर उन्नति गरिएको हो ।
शितलीमार्गहुदै घैलाडुब्बा जोड्ने सो सडक यस कनकाई नगरपालिकाकै पुरानो बाटो मध्येमा पर्दछ । ०२१ सालको भुमिसुधारमा छुट्टाइएको सो बाटोको आवश्यक पुर्नमर्मतसम्भारको अभावमा बाटो बर्खामा खाल्डाखुल्डी र हिलोले हिडि नसक्नु र हिउदमा अत्याधिक धुलोका कारण मानिसहरु घरमा बसिनसक्नुको अवस्थामा रहेको थियो । तर यस वर्षमा बाटोको स्तर उन्नति गरिएपछि बर्खामा बाटो हिलो हुनबाट जोगिएको छ भने घैलाडुब्बा पशुबजार भर्न निक्कै छोटो दुरीको यस बाटोबाट बजार भर्न जाने मानिसहरुको सङ्ख्या बढेको स्थानीयवाशी बताउँछन । बाटो निर्माणका लागि स्थानीय समाजसेवी डिल्ली कार्कीको अध्यक्षतामा बाटो निर्माण समिति गठन गरेर काम सम्पन्न गरिएको हो । बाटोको स्तर उन्नतिबाट यस क्षेत्रका करिब १००० घरधुरी गाउँलेहरु प्रत्यक्ष लाभान्वित बनेका छन ।