Kanakai Online

गाउँकै सोभा बन्यो लक्ष्मी नारायण कालोपत्रै


मङ्गलवार, साउन १, २०७५ |

कनकाई अनलाईन ।
कनकाई नगरपालिका ८ लक्ष्मीमार्ग कालोपत्रै भएपछि गाउँकै मुहार फेरिएको छ ।
आर्थिक बर्ष २०७४÷७५ मा कनकाई नगरपालिकाबाट छुट्टिएको १० लाखमा थप १२ लाखको साझेदारीमा उक्त बाटो कालोपत्रै गरिएको हो । १० लाख रुपैँया बरावरनै रकम गाउलेद्धारा उपभोक्ता समितिबाट संकलन गरिएपछि बाटो कालोपत्रै निर्माण सम्पन्न गर्न सकिएको हो । बाटो कालोपत्रैका लागि नगरको वार्डनम्बर ८ को वार्ड समितिले समेत थप २ लाख रुपैँया रमक विनियोजित गरिदिएको कनकाई नगरपालिका वार्डनम्बर ८ का वार्डअध्यक्ष प्रेम बहादुर कटुबाल बताउनुहुन्छ ।
बाटो निर्माणपछि गाउँकै रुपरङ्ग फेरिएको तथा दैनिक बाटोमा उड्ने धुलोबाटसमेत मुक्ति मिलेको स्थानीयवाशी बताउँछन । २०७४ साल पुस १ गतेबाट निर्माण सुरु गरेर जेठ १३ गते समापन गरिएको उक्त कालोपत्रै सडक निर्माणका लागि स्थानीय टेकबहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय सड्क निर्माण समिति गठन गरिएको थियो । सो समितिलाई स्थानीयवाशी सबैले साथ सहयोग दिएपछि तोकिएकै समय र मापदण्डमा सडक निर्माण सकिएको निर्माण समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।
समितिका उपाध्यक्ष टिकादेवि न्यौपाने , सचिवमा राजु दाहाल , कोषाध्यक्षमा कमला संग्रौला र सदस्यहरुमा , भीम थापा मेदनी प्रसाद काफ्ले , संम्सेरबहादुर कटुवाल र राधिका ओली रहनुभएको छ । ५ मिटर चौडा रहेको यस सडक ३०० मिटर क्षेत्रमात्रै भएपनि कालोपत्रै गरिएपछि सडक गाउकै सोभा भएको छ । गाउँलेबाट हरेक घरधनीले आफ्नो घरभएको प्रतिभिटा प्रतिफुट २०० रपैँयाका दरले दामासाइले रकम संकलन गरि उपभोक्ता आफैले सामान खरिद गरि सडक निर्माण गरेपछि ठेकेदार कम्पनीभन्दा आधा रकम सस्तोमा काम गर्न सकिएको उपभोक्ता समितिको अनुभव छ । लक्ष्मीनारायण मन्दिरहुदै सिमेन्ट फ्याक्ट्रीसम्म जोड्ने यस सडकको बाकी भाग सामान्य ग्राभेलमात्रै रहेको छ , बाकी क्षेत्रलाई समेत क्रमश पिच गर्दै लैजानुपर्ने स्थानीयको माग छ ।