कनकाई अनलाईन ।
ग्रीन सिटी क्लीन सिटी भन्ने नाराका साथ सुरुङ्गा जेसिजको आयोजना तथा कनकाई नगरपालिका , कनकाई टोल विकास संस्था , कनकाई सामुदायिक वन समुह लगायातको सहयोगमा कनकाई नगरपालिका क्षेत्रलाई हरित नगरि बनाउन बृहत वृक्षरोपणको कार्यक्रम सुरु गरिएको छ ।
जेसिजले यस अघि सन २०१२ मा सुरु गरेको यस अभियानलाई कनकाई नगरपालिकाको सहयोगमा पुन यसवर्र्षबाट निरन्तरता दिइएको जेसिजका बर्ष २०१८ का अध्यक्ष भीम भट्टराईले बताउनुभयो । आजबाट सुरुङ्गा चोक होटल डिलाईट , प्यारागन मार्ग हुदै जेसिज भवनसम्मको क्षेत्रमा बाटोको दुबै तर्फ धुपीको विरुवा रोपेर सुरु गरिएको यस वर्षको अभियानको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गर्नुभयो । उहाँले हालपनि कनकाई नगरपालिका क्षेत्रमा १६ लाख विरुवा भन्दा वढी विरुवा भएपनि कनकाईले विश्वको वातावरणीय असन्तुलनलाई जोगाउन एकघर निर्माण २ विरुवा र एक वच्चाको जन्मदर्ता गर्नका लागि कम्तीमा १ विरुवा रोपि हुर्काउनै पर्ने सामाजिक नियम बनाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , ४ का वार्डअध्यक्ष गोविन्द पौड्याल , ५ का वार्डअध्यक्ष कृष्ण राई , ६ का अध्यक्ष लक्ष्मी ओली , ७ का वडाअध्यक्ष लीलाबहादुर कन्द्ङबा , ९ का वार्डअध्यक्ष प्रेम राजबंशी , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी पर्यटकिय क्षेत्रका अध्यक्ष खेम सिटौला , सुकेडागी सामुदायिक वन समुहका अध्यक्ष भक्त बहादुर पौडेल , सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम दाहाल , जेसिजका पुर्व अध्यक्ष शिव कडेँल ,लगायातले कनकाई नगरपालिकाले आफ्नो नगरको नारा समेत हरित नगरि बनाउने राखेकोले सबैले यस वारेमा सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रम जेसिजका कार्यक्रम संयोजक अर्जुन बोहोराको संयोजन , महासचिव देबेन्द्र रिसालको संचालन र अध्यक्ष भीम भट्टराइको सभापतित्वमा सम्पन्न भएको थियो ।