कनकाई अनलाईन ।
नेपालकै पहिलो तराइको सामुदायिक वन कनकाई सामुदायिक वन समुहभित्र बीसौँ बर्षदेखि खाली रहेको खाली जमिनमा आज बृक्षारोपण गरिएको छ ।
कनकाई नगरपालिका ३ योगमाया टोलवाशी तथा कनकाई सामुदायिक वन समुह , सेक्टर वन कार्यालय सुरुङ्गा तथा संचारकर्मी सहितको टोलीले सामुदायिक वन समुहमा रहेको कनकाई बहुमुखी क्याम्पस पछिको खाली जमिनमा बृक्षरोपण गरिएको हो । कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीको नेतृत्वमा रहेको टोलीले बर्षौ देखि सुख्खा र खाली रहेको जमिनमा ५०० विरुवा रोपिएको हो ।
मलेसियन साल , कदम , लगायातका विरुवा रोपिएको हो । वृक्षारोपण पछि सिचाइ र विरुवाको सुरक्षाका लागि बन रक्षक को समेत व्यावस्था गरिएको वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो । वृक्षारोपणमा सेक्टर बन कार्यालय सुरुङ्गाका प्रमुख ओम भट्टराई , हरि विश्वकर्मा , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ओली , उपाध्यक्ष ललितबहादुर कार्की , सहसचिव श्री प्रसाद खरेल , सदस्यहरु अम्बर बहादुर कार्की , सन्तोस रायमाझि लगायातका १ सय ५० वढी उपभोक्ताको उपस्थिति रहेको थियो ।
२६७ हेक्टर क्षेत्रफलमा रहेको यस कनकाई सामुदायिक वनमा यसवर्षमात्रै ३ हजार विभिन्न प्रजातिका विरुवा रोपिसकिएको बन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले बताउनुभयो । रोपिसकिएको विरुवालाई हुर्काउनका लागि आवश्यक सिचाई र सुरक्षाको समेत व्यावस्था मिलाइएको कार्कीले बताउनुभयो । अवको थप २ बर्षमा १० हजार भन्दा वढी विरुवा रोपेर हुर्काइने बन समुहका अध्यक्ष ओलीले बताउनुभयो । कनकाई सामुदायिक वन देशमै जंगली सिसौँको काठका लागि प्रख्यात रहेको छ ।