Kanakai Online

झापामा कुलमान चोक


बिहिवार, असार २८, २०७५ |

लीलाराज झापाली ।
विर्तामोड , असार २६ गते । छोटो समयमानै विद्युतको व्यावस्थापन गरेर देशबाट लोडसेटिङ् हटाउने नेपाल विद्युल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा झापामा चौककै नामाकरण गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका १० नम्बर र कनकाई नगरपालिका ४ को विचमा पर्ने टेक्रा गाउको नाम कुलमान घिसिङ चोक राखिएको हो । टोलमा २ सय घररहरु रहेका छन । यी घरमध्ये १०० घरमा लामो समयदेखि विजुली नहुदा टुकि वालेर बस्दै आएका थिए भने अधिकांस घरहरुमा समेत भोल्टेज नपुग्दा गर्मीमा पङ्खा नचल्ने तथा सिचाइका लागि समेत आकाशको पानीको भर पर्नुको विकल्प नरहेको स्थानीय समाजसेवी तथा टोल नामकरण समितिका प्रमुख श्याम ओलीले बताउनुभयो ।
गाउलेका समस्याका वारेमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ समक्ष राख्दा नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रमबाट १०० केभिए क्षमताको ट्रान्समिटर , बिजुलीका पोल र तार गरी २२ लाख रुपैँया खर्चमा सो गाउमा विजुली विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण अनरामनीका प्रमुख जितेन्द्रकुमार झाले बताउनुभयो ।
हामीहरु गाउमा विजुलीको ट्रान्समिटरको उद्घाटन गर्न भनि गएका थियौ तर हाम्रो कार्यकारीकै नाममा पो चोककै नामकरण गरिएको रहेछ मेरो १३ वर्षै जागिरे जिवनमा कहिपनि जिउदो मान्छेको नाममा चोककै नाम राखेको देखेको थिइन यसले हामीलाई काम गर्न थप उर्जा मिलेको छ , अनारमनी वितरण केन्द्रका प्रमुख झाले भन्नुभयो । विद्युत प्राधिकरणले सामान निशुल्क उपलब्ध गराइदिएर बषौ देखिको समस्या समाधान गरेपछि गाउँलेले आफ्नो चोककै नाम फेरेर कुलमान घिसिङ टोल राखेको स्थानीय युवा कुमार साँबाले बताउनुभयो ।
टोल उद्घाटनको अवशरमा विशेष बाजागाजा र नाचगान समेत गरिएको थियो भने चोकको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद शेर्माले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पुर्वाञ्चल प्रमुख सचिनान्द यादव , अनारमनी वितरण प्रमुख जितेन्द्र कुमार झा , नेपाल कम्युनिष्ट पार्टी कनकाईका अध्यक्ष रविन्द्र लम्साल लगायातले यसरी जिउदो मान्छेको नाममा आफुहरुले कहिपनि टोलकै नाम राखेको नदेखेपनि गाउँलेले आफै स्फुर्त रुपमा कुलमानको योगदानलाई कदर गर्दै नाम राखिदिएर सिङ्गो विद्युत प्राधिकरणकै सम्मान गरेको बताउनुभयो । पुर्व पश्चिम राजमार्गको सुरुङ्गा क्षेत्रबाट ६ किलोमिटर दक्षिण रहेको यस कुलमान टोलमा कुलमान घिसिङकै फोटो अंङ्गित बोर्ड समेत राखिएको छ भने हाल सो गाउँका मानिसहरु आफ्नो टोलको नाम बताउदा कुलमान टोल भनि भन्न थालेका छन । सबै खेती किसानी गर्ने सो टोलमा आवश्यक भोल्टेज सहितको विजुली गाउमा पुगेपछि गाउलेले खेतीका लागि समेत सिचाइ मोटर राख्न थालेका छन । कनकाई नगरपालिका देशकै पहिलो विद्युत चुहावत मुक्त क्षेत्रसमेत घोषणा गरिएकोले गाउलेलाई आवश्यकिय मिटरबक्स