Kanakai Online

एनआइसी एसिया बैँक झापाको सुरुङ्गामा


आइतवार, असार २४, २०७५ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा एनआइसी एसिया बैँकका २१२ औँ साखाका रुपमा आफ्नो साखाको उद्घाटन गरेको छ ।
सुरुङ्गा बजारमा रहेको उक्त साखाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आइतवार साँखाको उद्घाटन गर्नुभएको हो । तर यस बैँकले दुई महिनादिन पहिलेनै आफ्नो आर्थिक कारोवार संचालन सुरु गरिसकेको थियो । कार्यक्रममा प्रमुख पोखरेलले बन्द निषेधित नगरी कनकाई अब आर्थिक उन्नतिको नगरीको रुपमा पनि विकासित गर्दै जाने निति लिएकोले बैँक तथा वित्तिय संस्थासग हातेमालो गर्न तयार रहेको बताउनुभयो । साथै पोखरेलले नगरपालिकाले यसै आर्थिक वर्षबाट घरघरमा सामाजिक सुरक्षा र बृद्धभक्ता वितरणका लागि एनआइसी बैँकबाटै सम्बन्धित बृद्धबृद्धाकामा पुर्याउने समेत जानकारी दिनुभयो । एनआइसी बैक विर्तामोडका साखा प्रवन्धक दशरथ पराजुलीले स्वागत गरेको कार्यक्रममा एनआइसी बैँकका क्षेत्रिय उपप्रमुख रविन वारियाले हाल २० औँ बर्ष मनाइरहेको बैँकले देशभर २२५ साखा खुलिसकेको , २१२ एटिएम संचालन , र ११ वटा साखा रहित बैङ्गिङ साखा चलाइरहेको समेत जानकारी दिनुभयो ।
देशमै सबैभन्दा वढी साखा रहेको यस बैँकको निक्षेप १ खर्ब ५० अर्ब र कर्जा लगानी १ खर्ब २० अर्ब रहेको समेत जानकारी दिनुभयो । बैँकका साखा प्रवन्धक सागर दाहालले एटिएम सेवा सहितको यस कनकाई सुरुङ्गा साखा कनकाई नगरपालिकाका साथमा छिमेकी झापा गाउँपालिका शिवसताक्षी र बाह्रदशी गाउँपालिका सानाठुला कारोवारीलाई बैङ्गिङ सेवा प्रवाह गर्न मद्धत पुग्ने वताउनुभयो । कार्यक्रममा कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतले बैँकले यस क्षेत्रको आर्थिक गतिविधि र उद्योगी व्यावसायीलाई फाइदा पुग्ने बताउनुभयो । कार्यक्रममा सुरुङ्गा जेसिजका अध्यक्ष भीम भट्टराई , जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारका अध्यक्ष खेम सिटौला , कनकाई सामुदायिक वन समुहका अध्यक्ष खेम ओली , सुरुङ्गा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष प्रेम दाहाल , सुकेडागी सामुदायिक वन समुहका अध्यक्ष झक्त बहादुर पौडेल , कनकाई माविका प्रार्चाय निर्मलकुमार खतिवडा , लगायातका अतिथिहरुको आतिथ्यता रहेको थियो ।