Kanakai Online

कनकाई नगरपालिकाको बजेट ४९ करोड बढी


बिहिवार, असार २१, २०७५ |

मन्जिल ढकाल
कनकाई नगरपालिकाले आफ्नो आर्थिक बर्ष २०७५÷७६ का लागि ४९ करोड , ७९ लाख २ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आज आयोजित कार्यक्रममा सो बरारवरको बजेट प्रस्तुत गर्नुभयो । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुजीगत तर्फ २४ करोड ८ लाख १६ हजार रहेको छ । जसमा शशर्त तर्फ १३ करोड १५ लाख प्रदेश तथा स्थानीय सरकार सहयोग तर्फ १९ लाख , सामाजिक सुरक्षा भक्ता तर्फ ८ करोड १० लाख रहेको छ ।
नगरपालिकाले जम्मा बजेटको आर्थिक विकासको क्षेत्रमा ९ प्रतिशत , सामाजिक विकासको क्षेत्रमा ११ . २ प्रतिशत , पुर्वाधार विकासको क्षेत्रमा ४८ प्रतिशत , वातावरण पर्यटन तथा विपत व्यावस्थापनको क्षेत्रमा ११ .१ प्रतिशत , संस्थागत विकास तथा सेवा प्रवाहको क्षेत्रमा १ करोड ८० लाख , र अन्य क्षेत्रमा १३ प्रतिशत बजेट विनियोजित गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो । यसैगरि लक्षित बर्ग तर्फ बडास्तरबाट ७४ लाख ३८ हजार र नगरस्तरबाट १ करोड २५ लाख ५२ हजार गरि २ करोड विनियोजन गरिएको समेत पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाकाले नेपालमै बन्द निषेधित नगरिको रुपमा विश्वमा चिनिएको यस नगरीको पहिचानका लागि बन्द निषेधित नगरिको स्तम्भ निर्माण गरिने , एकघर दुइविरुवा एक शिसु १ विरुवा अनिवार्य रोप्नैपर्ने नियम बनाइने , खाली जमिनमा वृक्षरोपणका लागि प्रोत्साहित गरिने , विकास निर्माणका लागि असारे महिना कुर्ने चलनलाई हटाएर चैत्र मसान्त भित्रमा सबै विकास निर्माणका काम सक्ने नियम बनाएर लागु गर्ने लगायातका नितितथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
यसैगरि पर्यटनको विकासका लागि यस नगरिमा होमस्टे सहितको पर्यटकिय क्षेत्र विकास गरिने , मानवीय स्वास्थ्यलाई ध्यानमा राखि आर्गनिक खेतीको सुरुवात र प्रोत्साइत गरिने , शिक्षामा आमुल सुधार गर्दै कनकाई नगरका हरेक विद्यालयमा अंग्रेजी अनिवार्य गरिने र नेपाली अझ राम्रो बनाइने , गरिब सुकुम्बासीहरुका लागि अघिल्लो वर्षबाट ल्याइएको मेयर आवास योजना र उपमेयर सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिइने लगायातका कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका प्रतिनिधिसभा सांसद एलपी साँबा लिम्बुको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापा , दलका प्रतिनिधिहरु कम्युनिष्ट पार्टीका रविन्द्र लम्साल , कांग्रेसका नेत्र चिमरिया , राप्रपाका ज्योतीकुमार उप्रेती , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कनकाई नगरपालिकाका प्रशासकिय अधिकृत देवेन्द्र कार्कीको संचालन तथा उपप्रमुख मन्जु प्रसाइले स्वागत गर्नुभएको थियो ।
 
नगरपालिकाकाले नेपालमै बन्द निषेधित नगरिको रुपमा विश्वमा चिनिएको यस नगरीको पहिचानका लागि बन्द निषेधित नगरिको स्तम्भ निर्माण गरिने , एकघर दुइविरुवा एक शिसु १ विरुवा अनिवार्य रोप्नैपर्ने नियम बनाइने , खाली जमिनमा वृक्षरोपणका लागि प्रोत्साहित गरिने , विकास निर्माणका लागि असारे महिना कुर्ने चलनलाई हटाएर चैत्र मसान्त भित्रमा सबै विकास निर्माणका काम सक्ने नियम बनाएर लागु गर्ने लगायातका नितितथा कार्यक्रम सार्वजनिक गरिएको छ ।