Kanakai Online

सनराइजको स्वस्थ्य उपचार तथा दुर्घटना बिमा अभियान


आइतवार, असार १०, २०७५ |

 
कनकाई अनलाईन
सन्राइज बैंक लि. बिर्तामोड शाखाले ग्राहकको स्वस्थ्य तथा दुर्घटना बिमा लगायत विविध बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका स्थित होटल सेन्टर पईन्टमा आयोजना भएको कार्यक्रममा बचतकर्ताले अस्पताल भर्ना भई स्वस्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैया नबढ्ने गरी आफ्नो खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने जानकारी दिइयो । ग्राहकले खाता खोलेको पहिलो दिनबाट नै स्वस्थ्य उपचार बिमा सुविधकाको उपयोग गर्न पाउने व्यवस्था गरेको बताइएको छ ।
यो सम्झौता सँगै बचत खाताका ग्राहकले दुर्घटना साथै स्वस्थ्य बिमा पाउने भएका छन् सो को लागि बैंकले शिखर इन्सोरेन्स कम्पनी लि. सँग बिमा सम्झौता गरेको छ । स्वस्थ्य बिमा दाबी गरेको ७ दिन भित्र रकम पाउने व्यवस्था समेत गरिएको छ । साथै उक्त कार्यक्रममा बि. एण्ड सि. अस्पतालमा भर्ना भइ उपचार गराउनु भएका बिर्तामोड स्थित श्री कृण्ण प्रसाद निरौलालाई यस योजना अन्र्तगत भुक्तान दबी स्बरुप रु. ३२,१५८।– ( अक्षरेपी बत्तिस हजार एक सय अन्ठाउन रुपैया प्रदान गरेको छ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, बिद्यार्थी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको सहभागिता रहेको थियो । बैंकले यस अघि देखि नै प्रत्येक बचतखातामा दुर्घटना बिमा सुबिधा प्रदान गर्दै आएको छ । दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैया नबढने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बिर्तामोड शाखाका शाखा प्रबन्धक सुमन दाहल तथा ऋण अधिकृत नरेन्द्र प्र. सुबेदीले स्वस्थ्य तथा दुर्घटना बिमाका साथै अन्य बचत÷कर्जा सुविधाको बारेमा र उक्त शाखाका ऋण सहायक अधिकृत श्री डिल्लीराम अधिकारीले ईलेक्ट्रोनिक बैकिङ सेवाका बिषयमा जानकारी गराएका थिए ।