Kanakai Online

खाने मुखलाई जुगाले छेकेन , दाहाल दम्पत्तीले गरे छतबाटै मनग्गे आम्दामी


शनिवार, असार ९, २०७५ |

मन्जिल ढकाल
कुनैपनि व्यावसाय गर्नका लागि ठाउँ हैन मेहनत र लगनशीलता चाहिने रहेछ भन्ने कुराको गतिलो प्रमाण भएका छन कनकाई नगरपालिका ३ सुरुङ्गाका राजन र सरिता दाहाल दम्पती ।
हामीले छतमा तरकारी उत्पादन गरेर विक्री गरेको त देखेका वा सुनेका थियौ तर यी दाहाल दम्पत्तीले भने छतमै लोकल कुखुरा र यसैको सुली प्रयोग गरेर आर्गनिक तरकारी समेत फलाएका छन ।
कनकाई नगरपालिका ३ कनकाई उद्योग बाणिज्य संघको भवन अगाडि रहेको यी दाहाल दम्पत्तीको घरको छतबाट समेत मनग्गे आम्दामी हुनथालेपछि उनको पौरखलाई हेर्न आउनेहरुको दैनिक भीड वढेको छ । दाहालले उनको छतमा हालेको २०० लोकल जातको चल्लाहरुबाट अहिले आम्दामी दिन सुरु भएको छ । दमकबाट प्रतिगोटा १०० रुपैँयाका दरले खरिद गरेर छतमा हालेको कुखुराहरु अहिले ३ महिनामै सरदर डेढ किलोक ाबनेका छन । उनले पालेको कुखुरा अहिले खुगीवालाले घरैबाट प्रतिकिलो ४ सय ५० रुपैँयाको दरले खरिद गरेर लैजान थालेको छ ।यसरी पहिलो उत्पादनबाटै हौसिएका दाहाल दम्पत्ती आफुहरु यस कुखुरापालनलाई विस्तारै उद्योगका रुपमा लैजाने तयारीमा रहेको बताउछन ।
बजार क्षेत्रमा ठुलो परिणाममा कुखुरापालना गर्दा दर्ता प्रक्रिया तथा अन्य अप्ठ्यारोहरु आउनेहुदा आफुहरु फराकिलो स्थानमा यस व्यावसायलाई विस्तार गर्ने तयारीमा रहेको राजन दाहालले बताए । आफुले नाफाका लागि भन्दापनि घरमै मासु खान तथा विहान शारिरीक तन्दुरुस्तीका लागि कुखुरा पालन तथा छतमै तरकारी खेती सुरु गरेको बताउने दाहाल दम्पत्ती छतबाटै खर्च कटाएर मासिक ३० हजार आम्दामी भएपछि यसलाई व्यावसायकै रुपमा अगाडि वढाउने तयारीमा रहेको छ । कुखुराको सुलीलाई मलका रुपमा प्रयोग गरि तरकारी उत्पादन तथा कुखुरापालन एक्कैसाथ वढाइरहेको यस दाहाल दम्पत्तीले पालेको लोकल जातको कुखुरा सुरुङ्गा बजारमै खपत हुनेहुदा वजार खोजीरहनुपर्ने समस्या समेत नरहेको बताउँछन ।
जम्मा १२ धुर जग्गा मात्रै रहेको दाहाल दम्पत्ती सरसफाई गरेर लोकल जातकै कुखुरा पाल्दा गाउमा समेत गन्ध नजाने र लोकल जातका कुखुरा हुनाले वजारका लागि समेत समस्या नपर्ने भनाइ छ । लोकल जातको कुखुराका लागि विहान र वेलुकी २ पटक मात्रै चारो दिदा हुने भएकाले वढी मेहनत गर्नु नर्पने उनीहरुको भनाइ छ । विहान शारिरीक व्यायमका लागि परिश्रमका लागि मात्रै कुखुरा पालन गरेका यी दाहाल दम्पत्तीको दिनभरीको पेशा भनेको मोवाइल पसलमा बस्नु हो । उनीहरुको सुरुङ्गा बजारमा आफ्नै आरडी कम्युटर एण्ड मोवाइल हाउस रहेको छ । रोग लाग्न नदिन तथा रोग लागेपछि विहानभरी सडकमा कुदने भन्दा आम्दामी समेत हुने दाहाल दम्पत्तीको सिको गर्दै आर्थिक उर्पाजनको साथमा स्वास्थ्य लाभ पनि लिने कि ???
तस्वीर छतको खोरमा राजन दाहाल कुखुरालाई चारो हाल्दै ः कनकाई अनलाईन